www.tandavnews.com
Fact ~ In search of truth

मिस एण्ड मिसेस धौलागिरिको ग्रान्ड फिनाले मंसिर २९ गते

पोखरा / ताण्डव न्यूज ।

दोस्रो मिस एण्ड मिसेस धौलागिरिको ग्रान्ड फिनाले मंसिर २९ गते हुने भएको छ । अभ्यास इभेन्ट प्रा.लि आयोजक रहेको प्रतियोगिताकाे फिनाले फिल्म हल चोक ५,कुश्मा पर्वतमा रहेको सिद्धेश्वर फिल्म हलमा सञ्चालन हुनेछ ।

विवाहित र अविवाहित गरि १२ जना युवती तथा महिला फिनालेमा सहभागी हुनेछन । प्रतियोगितामा मस्ट् ट्यालेन्ट,गुड पर्सानालिटी,डिसिप्लिन,बेस्ट फिगर ,फोटो जेनिक,बेस्ट स्माइल,बेस्ट क्याटवाक,बेस्ट हेयर स्टइलको आधारमा दोस्रो मिस एण्ड मिसेस छनोट गरिने आयोजकले बताएको छ ।

Batas

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार,फस्ट रनर अपले ३० हजार,ट्रफी ,मेडल,प्रमाणपत्र,सेकेन्ड रनर अपले २० हजार र प्रमाण पत्र प्राप्त गर्ने छन् । भ्युअर च्वाइसमा स्थान बनाउने प्रतियोगिले १० हजार ,ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्।

प्रतियोगीतामा पर्वत र बाग्लुङका महिलाहरु सहभागी रहेका छन ।‘मिस एण्ड मिसेस’ धौलागिरीको बारेमा बिस्तृत जानकारी दिदैँ अभ्यास इभेन्ट प्रा.लिका प्रबन्धक इन्दु शर्माले प्रतियोगीता प्रति हेर्ने समाजको दृष्टिकोणमा सकरात्मक परिवर्तन नआए सम्म कार्यक्रम सञ्चालन गर्न असहज हुने बताइन् ।

कार्यक्रममा संयोजक पुजा सिलवाल घिमिरे लगायतले बोलेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.