उदयपुर ।
सभामुख कृष्णबहादुर महराले नेपालको संङ्घीयता अन्य देशको भन्दा नितान्त फरक र आफ्नै देशको परिवेशमा आधारित रहेको बताएका छन् ।
उदयपुरको गाईघाटमा आज आयोजित संविधान, सङ्घीयता कार्यान्वयन र अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख महराले नेपाल बहुभाषी, बहुजाती र बहुधार्मिक देश हुनाले पनि हाम्रो सङ्घीयता आफ्नै मौलिक प्रकारको रहेको छ भने ।
जनप्रतिनिधिले सङ्घीयताको नाममा अन्य देशको जस्तो चाहियो भनेर अधिकारको कुरा गर्नु भन्दा हाम्रो देशको भौगोलिक, संस्कृति, जातीय बनावट हेरेर मात्र हाम्रो मौलिक सङ्घीयता स्वीकार गर्नपर्ने आवश्यकता रहेको धारणा समेत सभामुख महराले व्यक्त गरे ।
राज्यको तीनै तहले अधिकार खोज्दा र कुरा गर्दा संविधानले निर्दिष्ट गरेको मात्र आफूहरुको अधिकार हो भनेर बुझ्न समेत उपस्थित जनप्रतिनिधिलाई उनले आग्रह गरे । रासस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।