www.tandavnews.com
Fact ~ In search of truth

बालाचतुर्दशी : दिवंगत पितृका उद्धारको लागी दीपदान गरिदैँ

 

पोखरा / ताण्डव न्युज ।

आज बाला चुतुर्दशीको पहिलो दिन,आज राती देशभरका शिवमन्दिरमा आ–आफ्ना दिवंगत पितृका उद्धारको लागी दीपदान गरिन्छ । परिवारका दिवंगत आत्माको चिरशान्तिको लागी आज राती दिपदान गरि भोली बिहानै शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ ।

Batas

आज देशभका शिवमन्दिरमा सद्धालु भक्तजनको घुँइचो लाग्ने गर्छ यता कास्कीको पञ्चासेमा पनि शतबीज छर्न लागी आजनै भक्तालु पञ्चासे पुग्ने गर्छन । नेपालीमा शतमको अर्थ सय र बीजको अर्थ बीउ भन्ने हुन्छ ।

यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् ।

यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ ।

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.