www.tandavnews.com
Fact ~ In search of truth

ससेज, ठेला, स्टेसन र आयुष

माधव भुसाल
पाेखरा, ताण्डव न्यूज । 

सर्लक्क जिउडाल । गोरो अनुहार । गालामा दाह्री । कानमा लगाएको मुन्द्रा र ब्रासलेटले उनलाई कुनै सेलेब्रेटी भन्दा कम देखाउँदैन । यि हुन् आयुष श्रेष्ठ ।

गैह्रपाटन स्थित एउटा घरको सेकेण्ड फ्लोरमा चिटिक्क परेको रेष्टुरेण्ट छ । स्टेसन द फुड क्लब एण्ड ससेज पार्क । विहानदेखि बेलुकासम्मै यहाँको परिकारहरु ग्राहकका लागि सर्भ भइरहन्छन् । यसका सञ्चालक हुन् आयुष ।

Batas

०५६ सालमा एसएलसी सकेर बर्दियाबाट पोखरा हानीएका थिए उनि । यस अघि रोल्पा र तनहुँमा उनले अध्ययन गरेका थिए । ०४० माघ १३मा जन्मीएका आयुष तनहुँमा २ कक्षा सम्म पढे ।

बुवा नेपाल प्रहरीको जागीरे भएका कारण उनि रोल्पा पुग्नु परेको थियो ।

पोखरा शहर, हेर्दा लाग्छ रहर । यस्तै महशुस गरेका थिए पोखरा आएर जनप्रिय बहुमुखी क्याम्पसमा इन्टर फस्र्ट एयरमा अध्ययन गर्न सुरु गरिरहँदा ।  दिदि भेनाको घरमा रेष्टूरेण्ट थियो । कलेजबाहेकको समय उनि त्यहि रेष्टूरेण्टमा दिदि भेनालाई सहयोग गर्थे ।

इन्टर सकियो । अब के गर्ने ? आम्दानीको लागि केही त गर्नै पर्यो । अन्तत: कतार जाने निर्णय भयो । परदेशिएको केही समयमा स्वास्थ्यले साथ नदिएपछि आयुष नेपालमै फर्किए । पुनः दुबईका लागि कोशिष गरे ।

परदेशको दुख पिडाबारे साक्षात्कार भइसकेका अयुषलाई त्यहि दुख आफ्नै माटोमा गर्नुपर्छ भन्ने लाग्यो ।

यहि दौरानमा उनि पोखराकै हिमचुलीमा एफमा हिन्दी गितको कार्यक्रम सञ्चालनका लागि अवद्ध भए । पछि, पोखरा एफएममा स्टेसन पब नामको कार्यक्रम चलाउन थाले । रेडियो क्रेज थियो । श्रोताको मनमा आयुष नाम आउने वित्तिकै स्टेसन पब भन्ने आइहाल्थ्यो ।

पोखरा एफएममै काम गरिरहँदा साँझ ५ बजेको प्रोग्राम सकाएर उनि र एक साथी ससेज खानको लागि टहल्थे । ससेज भर्खर मात्रै पोखराको फेभरेट हुँदै थियो । प्रायः सधैंजसो ससेजकालागि उनिहरु एक ठेलामा पुग्थे ।

दिनहुँ ससेज खाने स्थानमा पुगेर खाइरहँदा कुक सन्दीप लामाले प्रश्न तेस्र्याए । मिलेर गर्ने हो त आयुष ? यो प्रश्नले उनलाई सोचमग्न बनायो । अन्ततः उनि तयार भए ।

दुई जनाको लगानिमा सटर लिगेरै रेष्टूरेण्ट सुरु गर्ने कुरा भयो । आयुषसँग पैसा थिएन । माग्ने को सँग त ? उनले आफु काम गर्ने एफएमका साथीहरुसँग मागे । १ हजार, २ हजार , ५ हजार गर्दे जम्मा गरे ।

पहिलो पटक रिस्क लिएरै व्यवसायमा होमीदें थिए आयुष । निभा गल्लीमा सटर लिएर सुरु भयो स्टेसन द फुड क्लब । सुरु गरेपछि उनको व्यवसायमा सहकार्य गर्ने भनेको साथीले आर्थिक अभावको कारण देखाउँदै सहकार्य नगर्ने सुनायो ।

आयुष एक्लै रेष्टूरेण्टको सञ्चालक बने । रेष्टूरेण्ट लिगेर मात्रै भएन । ग्राहक आउने वातावरण कसरी गराउने भन्ने सोच्न थाले । उनि सम्झन्छन् ‘१०, ११ वर्ष अघि ठेला राख्न छुट थियो बाटोमा । ठेलामा पनि ससेज बेच्न सुरु गर्ने निर्णय गरें । बाटोमै बेच्न थालियो । आफैं खटिन्थें ।’

ससेज खान आउनेहरु कहिलेकाहीं कानेखुसी गर्थे । मुस्काउँदै भन्छन् ‘पोखरा एफएमको आयुष त ससेज बेच्छ ठेलामा । म मख्ख हुन्थें । जसरी भए पनि मलाई आयुष भनेर चिन्ने त रैछनु नि भन्ने हुन्थयो । तर मलाई कहिल्यै लाज लागेन । म निरन्तर लागिरहें ।’

निभा गल्लीको रेष्टूरेण्टलाई गैह्रापाटन सार्ने निर्णय लिए आयुषले । अहिले स्टेसन द फुड क्लब एण्ड ससेज पार्कले गैह्रापाटनबाट स्वाद पस्किदै आएको छ ।

स्टेसन पोखरेली युवा र परिवारहरुको खाजा स्टेसन नै बनेको छ । यो सम्भव कसरी ? हामीले प्रश्न गर्यौ । ‘सबै भन्दा ठूलो कुरा त टेस्ट र हस्पीटालिटि नै हो । यहाँको परिकार हाइजेनिक हुन्छन् । ग्राहकको सन्तुष्टीलाई प्रमुख प्राथमिकतामा राखेकै कारण आज स्टेसन साँच्चै स्टेसन बन्न सकेको छ’ आयुषले प्रष्ट्याए ।

त्यसो त उनको जिवनका उतारचढाव नआएको होइन । निभा गल्लीमा रेष्टूरेण्ट सञ्चालन गरिरहँदा उनको आर्थिक व्यवहार विग्रियो । अहिले सम्झिदा उमेरको दोष हो की जस्तो लाग्छ उनलाई । ‘परिपक्व थिइनँ उतिबेला भन्ने लाग्छ । २२, २३को उमेरमा त्यही त हो ’ हाँस्दै भने ‘त्यहि बेला विदेश जा भन्ने सुझावहरु आउँथ्यो । परदेशको दुख मलाई थाह थ्यो । यहि विग्रिए, यहि बन्छु भन्ने अठोट सहित अघि बढें ।’

श्रीमति निलिमा हिराचन श्रेष्ठको साथले पनि उनलाई प्रगतिपथमा लम्कन होस्टेमा हैसेको भुमिका निभाएको छ । भन्छन् ‘श्रीमतिको साथ सहयोगले पनि आज अघि बढ्न सहज भइरहेको छ । साथीभाईहरु सहयोग चाहिने बेला हरदम तयार रहन्छन् । सबैको साथ सहयोगले आज यहाँसम्म आएको छु ।’

उनले आफ्नो जीवनलाई अभावले सिकाएको पाठ सम्झन्छन् । तर्क गर्छन् ‘फेमिलिको सपोर्ट थिएन । लाग्छ, फेमिलि भएको भए यति मिहेनति हुन्थीनँ कि । यो अभावले नै जिउन सिकाएको जिन्दगी हो ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.