www.tandavnews.com
Fact ~ In search of truth

प्रस्तावित राजदूतको सुनुवाइ आइतबार

 

 

काठमाडौँ।

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले चार मुलुकका लागि प्रस्तावित राजदूतको आगामी आइतबार ससदीय सुनुवाइ गर्ने भएको छ ।

Batas

समितिको आजको बैठकले प्रस्तावित भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि सिफारिश राजदूतको संसदीय सुनुवाइ आगामी आइतबार गर्ने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सरकारले नीलाम्बर आचार्यलाई भारत, उदयराज पाण्डेलाई मलेसिया, कृष्णप्रसाद ढकाललाई संयुक्त अरब इमिरेट्स र डा अञ्जान शाक्यको नाम इजरायलका लागि राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

समितिको अघिल्लो बैठकले प्रस्तावित राजदूतको सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गरी १० दिनको समय दिएर उजुरी माग गर्ने निर्णय गरेको थियो ।उक्त अवधिमा प्रस्तावित राजदूतका सम्बन्धमा व्यक्ति लक्षित गरेर कुनै उजुरी नपरेपनि अधिवक्ता शतिशराज मैनालीले राजदूत नियुक्तिका सम्बन्धमा उमेर हद, अनुभव, पदावधि, समावेशीताको आधारलगायतका महत्वपूर्ण विषयबस्तु, विधि र प्रक्रियाबारे लिखित सुझावमार्फत समितिको ध्यानाकर्षण गराएका छन्।

बैठकले राजदूतले कसरी काम गर्नुपर्छ, देशको इज्जत र प्रतिष्ठा बढाउन के कस्तो काम गर्नुपर्छ, भन्ने सन्दर्भमा आगामी शुक्रबार अनुभवी पूर्वराजदूतसग छलफल गर्ने निर्णय पनि गरेको छ ।समितिले पूर्वराजदूत पुष्करमानसिंह राजभण्डारी, रामभक्त पिभि ठाकुर, प्रल्हादकुमार प्रसार्इं, रुद्रकुमार नेपाल र निरञ्जनमानसिंह बस्नेतसँग परामर्श गर्ने निर्णय गरेको हो । समितिले राजदूत नियुक्तिका सम्बन्धमा लिखित सुझाव प्रस्तुत गरी सहयोग पुर्याउने अधिवक्ता मैनालीलाई उजुरीकर्ताको रुपमा बोलाएर राय सुझाव लिने निर्णय पनि गरेको छ ।

यसअघि बैठकमा सांसद योगेश भट्टराई, भीमसेनदास प्रधान, अमृता थापा मगर, जीतेन्द्रनारायण देवलगायतले यस पटक प्रस्तावित राजदूतका सम्बन्धमा गम्भीर प्रकृतिका उजुरी नपरे पनि नियुक्त हुने राजदूतलाई परिवारलाई विदेश घुमाउने तथा मन्त्री र सांसदलाई विमानस्थल लिन र पुर्याउन आउने भन्दा मुलुकको प्रतिष्ठा बढाउने काममा लगाउने नीति बनाउन आवश्यक रहेको सुझाव दिएका थिए । रासस

तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.