www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति, गाडी र १८ करोड

‘मै खाउ मै लाउ सुख सयल मोज म गरू
मै वाँचु मै नाचु अरू सव मरून् दुर्वलहरू ।’

कवि लेखनाथ पौडेलले लेखेको कविता अहिले भाइरल भएको एउटा विषयसँग ठ्याक्कै मेल खान्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले माग गरेको १८ करोडको गाडि र दुई छाक खाना नपाएका जनताको आवाज कविताले बोलेको छ ।

भण्डारी औपचरिक कार्यक्रम जाँदा सवारीका क्रममा रोकिने, पिकअप नलिनेलगायतका समस्या आएका कारण नयाँ गाडि किन्ने माग शितलनिवासबाट गरियो, जुन कुरा अहिले चिया पसल देखि सामाजिक सञ्जालमा बिरोधको आवाज सुनिने गरेको छ ।

Batas

सरकारले सेनामार्फत भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्न लागेकोे हो । गाडी खरिद शीर्षकमै १८ करोडभन्दा बढी रकम छुट्याइसके पनि कुन प्रकारको कस्तो गाडी ल्याउने भन्ने सेनाकै जिम्मामा छ । नेपाल सरकारको विवाद हुन सक्ने विषय सेनामार्फत गराउने पुरानै प्रचलन हो ।

उनले माग गरेको विलासी गाडिको विरोध स्वरुप एक साताअघि सामाजिक सञ्जालमा सक्रिय स्वतन्त्र युवाले राष्ट्रपतिको लागि गाडि खरिद गर्नको लागि पशुपतिनाथ मन्दिर परिसरमा भिख मागे । उनीहरुले दुई घण्टासम्म भिख मागेर २३ सय ५० रुपैयाँ संकलन समेत गरेका छन् । सो रकमबाट नमुना गाडि बनाएर राष्ट्रपतिलाई उपहार दिने उनीहरुको योजना हो ।

जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध जनाएका हुन् ।

सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडीसहितको सवारी साधन किन्ने निर्णयको चौतर्फी विरोध भईरहेको छ । १८ करोड रुपैयाँको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पूरा गराउन जनता राजी छैनन ।

दक्षिण एशियामै नेपाल यस्तो मुलुक होला जहाँ महिलाहरूलाई समान अवसरको साथै राज्यको नीति निर्माण तहमा पुग्न सकेका छन् । मुलुकमा भयको वातावरण सिर्जनाले आत्मसम्मानका साथ स्वतन्त्रतापूर्वक हिँड्न नसकेको अवस्थामा एक्लै यो गाडिमा हिँडन सुहाउँछ कि सुहाउँदैन भन्ने विषयमा राष्ट्रपति ज्यूले सोच्नुपर्ने हो । सडक, देश विकारल बन्दै गएको अवस्थामा जनताको माग पूरा गर्न छोडी आफ्नो दुनो सोझाउनु पक्कै पनि स्वभनीय होला र ?

घरको चुल्हो बाल्नको लागि दैनिक हजारौं खाडी पसेका युवाको अवस्था, सिटामोल नपाएर अनमोल जीवन गुमाउनेको पीडा, भूकम्पले बोल्न नसकेका निमुखाका सुस्केरा । यस्तो अवस्थामा गुज्रेकी आम नेपालीले राष्ट्रपति १८ करोडको गाडिमा हुइकिएको हेर्न बाध्य भएकै हुन त ?

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.