www.tandavnews.com
Fact ~ In search of truth

मंसिर २६ देखी छैटौँ इक्यान एजुकेशन फेयर

 

पोखरा / ताण्डव न्यूज ।

वृहत शैक्षिक मेलाको छैटौँ संस्करण आयोजना हुने भएको छ ।

Batas

नेपाल परामर्श संघ ECAN कास्कीको आयोजनामा यहि मंसिर २६ देखि २८ गते सम्म पोखरा सभागृहमा इक्यान कास्की एजुकेशन फेयर २०७५ को आयोजना हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।
मेलामा शैक्षिक परामर्श व्यवसायीहरु , स्वदेशी शैक्षिक संस्थाहरु तथा अमेरीका,बेलायत ,न्युजील्याण्ड,अष्ट्रेलिया ,आयरल्याण्ड,नर्वे ,फिनल्याण्ड,जर्मनी ,डेनमार्क ,फ्रान्स,जापान, भारत ,चीन बंगलादेश लगायत देशका कलेज तथा विश्व विद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहने आयोजक इक्यान कास्कीले जानकारी दिएको छ।

मेलामा अनुभवी एवम् तालीम प्राप्त परामर्श दाताहरुले ७० स्टल राख्नेछन् । मेलामा प्याभेलीयनबाट विभिन्न कलेज तथा विश्व विद्यालयको भर्ना प्रक्रिया साथै सम्बन्धीत देशको विद्यार्थी भिसा निती ,अवसर,चुनौती सम्बन्धी आधिकारीक तथा प्रभावकारी सुचना एवंम् परामर्श निशुल्क रुपमा दिइनेछ ।

वैदेशिक अध्ययन परामर्श का लागी नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा त्यसको भविष्यको विषयमा सुचना दिनका लागी एजुकेशन फेयरको आयोजना गरिएको आयोजकले बतायो ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.