www.tandavnews.com
Fact ~ In search of truth

अस्वस्थ सम्झनालाई ओमको सहयोग

पोखरा ।

ओम डेभलपमेन्ट बैंक लि.को अमरसिंह शाखाले शाखाको ११औं वार्षिकोत्सवको अवसरमा अस्पतालमा उपचाररथ बिरामीलाई आर्थिक सहयोग गरेकोे छ । विगत लामो समयदेखी आन्द्राको समस्याबाट ग्रसित पोखरा १५ निवासी ४० बर्षीय सम्झना परियारलाई बैंकका शाखा प्रमुख एकेन्द्र कुंवरले सहयोग रकम प्रदान गरेका थिए ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई यसै गरी विभिन्न आर्थिक, भौतिक तथा अन्य सामग्रीहरु सहयोगहरु गर्दै आईरहेको छ ।बिकास बैंकले असोज मसान्त सम्म २१ अर्ब ९६ करोड निक्षेप संकलन गरी १९ अर्ब ०४ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ६५ हजार, एटिएम संख्या १९ रहेको र बिकास बैंकहरुमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक हो ।

बैंकले प्राइम कमर्सियल बैंकसंग एक्बिजिसनमा जानको लागी हालै मात्र समझदारीपत्रमा हस्ताक्षर गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.