
संजय रेग्मी
पर्वत / ताण्डव न्यूज ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले देश बनाउने कुरामा सबै एकजुट हुन आग्रह गरेका छन। पर्वतको मोदी गाउँपालिका –८ मा रहेको पशुपति मा.बि.को स्वर्ण महोत्सब समारोहमा बोल्दै अध्यक्ष तिमिल्सीनाले अहिले झगडा गर्ने भन्दा पनि सबै एक भएर देश बनाउने समय भएकाले सबैलाई एकजुट हुन आग्रह गरे ।
संघियता कार्यान्वयनको चरणमा सबै एक नहुने हो देश दुर्घटनामा पर्न सक्ने भन्दै उहाँले बिचार जे भएपनि झगडा छोडेर देशका लागि एक बन्न सबैलाई आग्रह गरे । अहिले मुलुकमा ऐन परिमार्जन र नयाँ ऐन बनाउने काम भैरहेका कारण सरकारका कामले गति लिन नसकेको भन्दै अध्यक्ष तिमिल्सिनाले हिउँदे अधिबेशनमा सबै ऐन परिमार्जन र नयाँ ऐन बनेपछि काम गर्ने सहज वातावरण बन्ने आश्वासन दिए ।
संघीय संसदको आगामी हिउँदे अधिबेशनबाट मुलुकका तीन वटै तहलाई आवश्यक पर्ने सबै कानुन बनाउने उनको भनाई छ । कानुनको अभाबमा काम रोकिने अवस्थाको अन्त्य गर्न संघीय संसदले सबै कानुन निर्माण र परिमार्जन गर्ने पनि अध्यक्ष तिमिल्सिनाले बताए ।
यसैबीच, सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले पर्वत जिल्लामा हरेक बर्ष ५० किलोमिटरको दरमा सडक कालोपत्रे गरिने र पर्वतमा ३ सय किलोमिटर सडक कालोपत्रे गरिसक्ने बताए । गण्डकी प्रदेशमा सन २०२२ सालमा २० लाख पर्यटक भित्र्याउने योजना सहित काम अघि बढेको बताउँदै पर्यटकको चाप पोखराले धान्न सक्ने अवस्था बनाउन गाउँगाउँमा होमस्टे स्थापना गरिने मन्त्री लम्सालको भनाई छ ।
स्वर्ण महोत्सव समारोहमा बोल्दै नेपालका लागि पाकिस्तानका राजदुत डा. मजहर जाभेदले नेपाल र पाकिस्तानको सम्बन्ध जनस्तरमा रहेको बताउँदै पशुपति मा.बि.का बिद्यार्थीलाई छात्रबृत्तिका बिभिन्न प्याकेजको घोषणा गरेका छन ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।