www.tandavnews.com
Fact ~ In search of truth

आफ्नै छोरी हत्या गर्ने आमा पक्राउ

 

 

धनुषा ।

आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेको छ ।

Batas

आफ्नो १६ वर्षीया छोरी सोनीकुमारी मण्डलको हत्या गरेको आरोपमा पक्राउ गरी उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

सोनीले आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको कुरामा विवाद बढ्दै जाँदा उनकी आमा राजकुमारीले रिसमा आएर आफ्नै छोरीको घाटी थिची हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

घटनामा परिवारका अन्य सदस्यकोसमेत संलग्नता हुनसक्ने भएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.