www.tandavnews.com
Fact ~ In search of truth

वडा १९ को भवन शिलान्यास

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १९ को भवन शिलान्यास गरिएको छ । वडा भवनको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शुक्रबार शिलान्यास गरेका हुन् । लामाचौरको चौरमा रहेको महेन्द्र प्राविको जग्गामा अत्याधुनिक वडा कार्यालय निर्माण गर्न लागिएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख मानबहादुर जिसीले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन वडा कार्यालय व्यवस्थित हुनुपर्ने बताए । ‘जनताले तिरेको करबाट नै भवन निर्माण गर्न लागिएको हो,’ जिसीले भने, ‘ यो जनताकै भवन हो, भवन निर्माण गर्दा गुणस्तरमा सम्झौता गर्नुहुँदैन ।’ भवन निर्माण गर्दा वडाबासीलाई निगरानी र अनुगमन गर्न उनले आग्रह गरे ।

१५ महिनामा भवन निर्माण गरिसक्ने समय भएकाले त्यो भन्दा अगाडि नै निर्माण गर्न ठेकेदार कम्पनीलाई जिसीले निर्देशन समेत दिए । अत्यधुनिक भवन निर्माणसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउनेतर्फ वडाको ध्यान जानुपर्ने भनाइ उनको छ । कार्यक्रममा वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेलले २ करोड ४२ लाखको लागतमा २ तले अत्याधुनिक भवन निर्माण गर्न लागिएको बताए ।

उनले वडा कार्यालयको निर्माणसँग विकासको पूर्वाधारलाई प्राथमिकता राखिएको बताए । वडाध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य कोपिला केसीले गरेकी थिइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.