www.tandavnews.com
Fact ~ In search of truth

मौरीपालकलाई आधुनिक मौरी घार

 

 

वालिङ ।

स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोला सहितको आधुनिक घार वितरण गरेको छ । नगरपालिकाको ५, ६, ७, ८ र ९ नं गरी पाँच वटा वडाका ५० मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो ।

Batas

“पहिलो चरणमा पाँच वडाका ५० मौरीपालक किसानलाई चार दिनको आधारभूत तालीम प्रदान गर्यौँ”, नगर प्रमुख छायाराम खनालले भने, “व्यावसायिकरूपमा अगाडि बढाउन उत्सुक भएकाले तालीम प्राप्त गरेका किसानलाई मौरीपालन नगरपालिकाले ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार प्रदान गरेका हौँ ।”

सात हजार ५ सय पर्ने मौरी गोलासहित प्रतिघारलाई नगरपालिकाले तीन हजार ७ सय ५० मा किसानलाई उपलब्ध गराएको नगर प्रवक्ता दीपेन्द्र केसीले बताउनुभयो । नगरपालिकाका अधिकांश भूभाग मौरीपालन व्यवसायका लागि उपयुक्त मानिन्छ । मौरीपालनलाई व्यावसायिकरूपमा अगाडि बढाई महको उत्पादन वृद्धि गर्ने मुख्य उद्देश्यले आधारभूत तालीम तथा मौरी घार वितरण गरिएको नगर प्रमुख खनालले बताए ।

“पर्याप्त मौरी गोलासहितको घार प्राप्त नभएकाले हामीले एकैपटक नगरभरि यो अभियान सञ्चालन गर्न सकेनौँ”, नगर प्रमुख खनालले भने, “मौरीको आधुनिक घार ल्याइसकेका छौँ, त्यसमा गोलासहित आगामी दिनमा बाँकी रहेका १, २, ३ र ४ वडाका ५० मौरीपालक किसानलाई वितरण गर्ने तयारीमा छौँ ।”

मौरीपालनलाई व्यावसायिकरूपमा अगाडि बढाउन नगरपालिकाले मौरी सहकारी दर्ता गर्न पहल गरिदिने र सोही सहकारीमार्फत तालीम तथा खरीद विक्रीको व्यवस्था मिलाइने उनले बताए । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.