www.tandavnews.com
Fact ~ In search of truth

‘ए’ डिभिजन :सातौँ चरणका खेल आजदेखि

काठमाडौँ ।

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल आजदेखि हुँदैछन् ।

आज एन्फा मैदान सातदोबाटोमा हुने सातौँ चरणको पहिलो खेल नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग खेल्नेछ । दोस्रो खेल न्यूरोड टिम एनआरटी र सङ्कटा क्लबबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

हिमालयन शेर्पा छ खेलमा तीन जित एक बराबरी र दुई हार व्यहोरेर्दै १० अङ्कका साथ अङ्क तालिकाको छैटौँ स्थानमा छ भने पुलिस पनि सोही नतिजाका साथ तालिकाको पाँचौ स्थानमा छ ।

दोस्रो खेलमा प्रतियोगितामा एक खेल पनि नजितेको एनआरटीले प्रतियोगितामा राम्रो लयमा रहेको सङ्कटाविरुद्ध खेल्नेछ । सङ्कटाले अहिलेसम्म छ खेलमा पाँच खेलमा जित निकालेको थियो भने आर्मीसँग पाँच एकले पराजित हुँदै १५ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

छैटौँ चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लबले शत प्रतिशत नतिजासहित उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ भने मनाङलाई थ्री स्टारले पछ्याइरहेको छ ।

गत असोज १३ गतेदेखि शुरु भएको लिगमा सहभागी १४ क्लबले छ÷छ खेल खेलिसकेका छन् । कूल ९१ मध्ये छैटौँ चरणसम्म आइपुग्दा ४२ खेल समाप्त भइसकेको छन् । उपाधि दाबेदार क्लब मनाङ मस्र्याङ्दीले अहिलेसम्म सबै छ खेल जितेको छ ।

मनाङसँगै अपराजित रहेको अर्को क्लब त्रिभुवन आर्मीले चार खेलमा जित र दुई बराबरी खेलेको छ । लिगमा यी दुई क्लबमात्र अहिलेसम्म अपराजित छन् ।

यस्तै एक खेल मात्र हारेका थ्री स्टार र सङ्कटा अङ्क तालिकामा आर्मीभन्दा अगाडि छन् । मनाङसँग आर्मी र थ्री स्टारलाई उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको छ । तर आर्मीले दुई खेल बराबरी खेलेपछि शीर्ष स्थानको मनाङभन्दा चार अङ्कले पछि परेको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.