www.tandavnews.com
Fact ~ In search of truth

कैलाश विकास बैंकको धरान र जितपुरमा शाखा बिस्तार

काठमाडौं ।

कैलाश विकास बैंक लिमिटेडले सुनसरी जिल्लाको धरान र कपिलवस्तु जिल्लाको ४ नं. जितपुरमा आफ््नो नयाँ शाखा स्थापना गरी मंसिर २१ गते शुक्रबार देखि कारोवार शुभारम्भ गरेको छ ।

धरान शाखाको शुभारम्भ प्रदेश नं १ का अर्थिक मामला तथा योजना मत्री माननिय इन्द्र बहादुर आङ्वोबाट र कपिलवस्तुको ४ नं. जितपुर शाखाको शुभारम्भ प्रदेश नं ५ का माननिय सांसद बिष्णु प्रसाद पन्थी बाट गरिएको बैकका प्रमुख कार्याकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

Batas

यी दुई नयाँ शाखा सहित बैंकको शाखा संख्या ७६ पुगेका छन् भने एटिएम संख्या २८ पुगेका छन् । बैंकले निकट भविष्यमा धनुसा जिल्लाको शखुवा महेन्द्रनगर, रौतहट जिल्लाको गौशाला, सिराहा जिल्लाको सिराहाबजार, पर्सा जिल्लाको पोेखरिया सुनसरी जिल्लाको देवानगञ्ज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाइएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२४ अर्व ५२ करोड निक्षेप संकलन गरी रु.२२ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको बैकका प्रमुख कार्याकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.