www.tandavnews.com
Fact ~ In search of truth

मानवअधिकारको सुरुवात घर, परिवार र समाजबाटै : मुख्यमन्त्री गुरुङ

पाेखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मानवअधिकार व्यबहारिक रुपमा घर , परिवार र समाजबाट सुरुवात गर्न आग्रह गरेका छन् ।

७० औं बिश्व मानवअधिकार दिवसको सन्दर्भमा गण्डकी प्रदेश महाभेलाको अवसरमा पोखरामा आयोजित रक्तदान कार्यक्रमको उद्धघाटन गर्दै मुख्यमन्त्री गुरुङले पारदर्शि , समावेशी र लोकतान्त्रिक ढंगले विधि प्रकृयाबाट अगाडी बढ्ने समाजमा मानवअधिकार उल्लंघनका घटना कम हुने बताए ।

Batas

‘मानवअधिकार , मौलीक अधिकारलाई कसरी व्यहारिक रुपमा कार्यन्वयन गर्ने नागरिकहरुलाई कसरी प्रत्याभूत गराउने भनेर लागी रहंदा कहिले काँही समस्या आउन सक्छ त्यसलाई पनि सम्बोधन हुने गरि काम गर्दै छौैं ।’,उनले भने ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार मानवअधिकारको प्रत्याभूत गर्न , संबिधानमा रहेको अधिकारको व्यबहारिक रुपमा कार्यन्वयन गर्ने सवालमा प्रतिबद्ध रहेको बताए । ‘कानुनको निर्माण र संरचनाको स्थापनाको क्रममा रहेको हुदाँ आफैले प्रतिबद्धता गरे जस्तो काम गर्न नसकेको गुरुङको भनाई छ ।

राष्ट्रिय मानवअधिकार आयोगका गण्डकी प्रदेश निर्देशक दिपकजंग ध्वज कार्कीले मानवअधिकारको संरक्षण र प्रर्र्बद्धनमा आयोग लागि परिरहेको बताउँदै प्रदेश सरकार र सरोकारवालहरुको पनि उत्तिकै भूमिका रहेको धारण राखे ।

महिला मानवअधिकार रक्षक सञ्जाल अध्यक्ष जानकी शर्माले शासन व्यबस्था फेरिएपनी व्यबहारिक रुपमा जनताले व्यस्वस्था फेरिएको अनुभव गर्न नपाएको बताइन् ।

अधिवक्ता सरला कुमारी पाण्डेले अझै पनि मानवअधिकार प्रत्याभूत हुने अवस्था नरहेको गुनासो गरिन् ।

कार्यक्रमका सभाध्यक्ष शान्तिका लागी नागरिक समाजको संजाल कास्कीका अध्यक्ष विष्णुप्रसाद बरालले मानवअधिकार मैत्री समाज निर्माण गर्नमा सबैको सकरात्मक प्रयास आवश्यक रहेको बताए ।

महाभेला अन्र्तगत नै भोली मानवअधिकार रक्षक दिवस (९ डिसेम्बर)का अबसरमा अन्तरक्रिया कार्यक्रम र डिसेम्बर १० मा बिहान ८ बजे मानवअधिकार चोकबाट सभागृहसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरि लैगिंक हिँसा बिरुद्धको १६ दिने अभियानको समापन र मानवअधिकार दिवसका सन्दर्भमा गण्डकी प्रदेशमा मानवअधिकारको अवस्थाका बारेमा प्रस्तुति संगै प्रतिबद्धता तथा मानवअधिकार रक्षकलाई सम्मान गरिने इन्सेक गण्डकी प्रदेश संयोजक शिबप्रसाद खकुरेलले जानकारी दिए ।

गण्डकी प्रदेश सरकार , गण्डकी प्रदेश मानवअधिकार महाभेला मूल आयोजक समिति र राष्ट्रिय मानवअधिकार आयोगले गरेको उक्त रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.