www.tandavnews.com
Fact ~ In search of truth

अशोक ले-ल्याण्ड अब पोखरामा

पोखरा,
ताण्डव न्यूज ।

अशोक ले ल्याण्डले चाउथेबाट विक्री सुरु गरेको छ । अशोक लेल्याण्ड गाडीको आधिकारिक बिक्रेता आइएमई मोटर्सले पोखरा लगायतका क्षेत्रहरुकालागि शो रुम सञ्चालनमा ल्याएको हो ।

अशोक ले ल्याण्डले आयोजना गरेको शुभारम्भ कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले उद्घाटन गरेका थिए ।

Batas

उद्घाटनमा बोल्दै अधिकारीले अशोक ले ल्याण्ड सर्भिस सेन्टरको पोखरामा शाखा सञ्चालन भएकाले ले ल्याण्डको मार्केट राम्रो हुने बताए । ‘हरेक सामानको लागि इन्डिया नै जान पथ्र्यो,’ उनले भने, ‘अब लेल्याण्डको सर्भिस सजिलै पाउन सकिने भयो ।’

अशोक लेल्याण्ड भारतका भाइस प्रिसिडेन्ट रवि पंगाले आफ्ना ब्राण्डका गाडिहरु विश्वकै उत्कृष्ट १० मा पर्न सफल रहेको उनले जनाए ।

पोखरा स्थित स्वागतनगर चाउथेमा सञ्चालन गरिएको शाखाले ले ल्याण्डका गाडीहरु बिक्री गर्नुका साथै स्पेयर पार्टसहरु उपलब्ध गराउने आइएमई गु्रपका प्रबन्धक निर्देशक हेमराज ढकालले जानकारी दिए ।

पोखरा शाखामा अशोक लेल्याण्डका बस, टिप्पर, भ्यान, ट्रक लगायतका गाडीहरु उपलब्ध छन् ।

कार्यक्रममा आइएमइका सिइओ सुरज भट्टराई, सन्दिप अग्रवाल साथै सेल्स हेड अमित अधिकारीले मन्त्ब्य ब्यक्त गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.