www.tandavnews.com
Fact ~ In search of truth

१ करोडको लगानीमा स्वास्थ्यचौकी

म्याग्दी ।

म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा एक करोड २६ लाख रुपैँयाको लगानीमा स्वास्थ्यचौकी निर्माण गरिएको छ ।

बागलुङ स्थित शहरी विकास तथा भवन डिभिजन कार्यालयले १७ शय्या क्षमताको पूर्वाधार सहितको दुईतले सुविधासम्पन्न भवन निर्माण गरेको हो । एक करोड २६ लाख रुपैँयामा ठेक्का सम्झौता गरेको गाल्वा जयलक्ष्मी जेभीले लक्ष्यभन्दा तीन महीना अघि नै भवन निर्माण गरेर हस्तान्तरण गरेको वडाध्यक्ष दिलीपकुमार शेरचनले बताए।

भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवनको भुइँतलामा उपचार कक्ष, प्रशासन, प्रयोगशाला, प्रसूति, औषधि भण्डारकक्ष छन् । माथिल्लो तलामा स्वास्थ्यकर्मीका लागि दुई परिवारका लागि पुग्ने आवास कोठा बनाइएको छ । तारबार लगाएर घेराउ गरिएको भवन परिसरमा प्रवेशद्धार पनि निर्माण गरिएको छ ।

यसअघि सिद्धार्थ माविको पुरानो भवनबाट स्वास्थ्यचौकी सञ्चालन हँुदै आएको थियो ।सुविधासम्पन्न भवन निर्माण भएपछि सेवाप्रवाहमा सहज भएको स्वास्थ्यचौकीका प्रमुख शम्भु श्रेष्ठले बताए ।भवन निर्माणका लागि स्थानीय प्रेमबहादुर घर्तीले पाँच रोपनी पाँच आना र गणेशबहादुर घर्तीले ११ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए।   रासस

सांकेतिक तस्बिर :गुगलबाट

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.