www.tandavnews.com
Fact ~ In search of truth

‘बुटिकमा कपडा बनाउन आउनेको संख्या बढ्दो छ’

पाेखरा
ताण्डव न्यूज । 

१) बुटिक व्यवसायमा पहिला र अहिले के कस्तो फरकपन पाउनु भएको छ ?

अझै पनि बुटिक भन्ने बित्तिकै कत्तिको मनमा टेलरिङको काम भनेर नै सोचिन्छ । हुनतः यसमा पनि टेलरिङकै कामहरु भएपनि बुटिकमा स्पेशल गरेर फेसनको ड्रेसहरुको बारेमा प्रोफोसनल तरिकाबाट काम गरिएको हुन्छ । बुटिकमा कुन बडीलाई कस्तो किसिमको ड्रेस म्याच हुन्छ, कुन रंग कस्तो किसिमको फेसमा सुट हुन्छ भन्ने कुराहरुलाई बढी ध्यान दिएर काम गरिन्छ ।

Batas

२) बुटिकमा जाडो मौसमको लागि नै भनेर कस्तो किसिमको फ्रेबरिकहरु ल्याउनुहुन्छ ?

जाडो मौसमको लागि भनेर अहिलेको समयमा उनी र कटनको मिक्स कपडाहरु आउने गर्छन् । त्यस्तै, बिशेष गरेर जाडोको मौसममा भेलभेटको फ्रेबरिकहरु आउँछन् ।

यस फ्रेबरिकमा ब्लाउज, आउटर, कोट यसमा पनि स्पेशल ज्याकेट जुन पार्टीहरुमा जाँदा साडीमा पनि सजिलै लगाउन सकिने खालका कपडाहरुको मागसँगै बुटिकमा बनाउन आउनेहरुको संख्या पनि बाक्लो हुन्छ ।

३) बुटिको बजारमा मानिसहरुको क्रेज कस्तो पाउनु भएको छ ?

पछिल्लो समय यता बजारमा बुटिकमा कपडा बनाउन आउनेको संख्या निकै बढेको देखिन्छ ।

पछिल्लो केहि समय यता फोटो हालेर फेसबुक इन्स्टामा रमाउनेहरुको संख्या पनि बढ्दो छ त्यसैको प्रभाव बुटिक पनि देखिन्छ । एक पटक लगाएको कपडा फेसबुकमा हालेपछि अर्काे पटक नलगाउने ट्रेण्डले पनि अहिलेको युवा पुस्तामा ठाउँ अनुसार, समयअनुसारको कपडाहरुमा ध्यान गएको देख्न सकिन्छ ।

प्रस्तुति : बिनिता सुनार

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.