www.tandavnews.com
Fact ~ In search of truth

बारपाकमा स्वास्थ शिविर

गोरखा ।

बारपाक सुलीकोट गाउँपालिका– १ मा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । शिविरमा ४ सय २३ जना बिरामीले स्वास्थ परीक्षण गराएको गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु गुरुङले जानकारी दिए । शिविरमा ९३ जनाले स्त्रीरोग, ९२ जनाले भिडियो एक्सरे र २३८ जनाले जनरल फिजिसियन सेवा लिएको उनले बताए ।

गाउँपालिका र रोटरी अफ बज्रमनास्लु गोरखाको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो ।  रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.