www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय जनमोर्चा अध्यक्षमा थापा

 

बागलुङ ।

राष्ट्रिय जनमोर्चा बागलुङको छैठौँ जिल्ला सम्मेलनबाट अध्यक्षमा पुनः अमर थापा चयन भएका छन् ।जिल्लाको गलकोटमा शनिबार सम्पन्न सम्मेलनले २७ पूर्ण र आठ वैकल्पिक गरी ३५ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

Batas

समितिको उपाध्यक्षमा धर्मबहादुर कुँवर, सचिवमा भीमलाल पोखरेल, सह–सचिवमा डिलकुमारी पुन र कोषाध्यक्षमा डिलबहादुर दर्जी रहेका छन् । खिमविक्रम शाही, थम्मन घर्ती, दिपक थापा, कृष्ण पौडेल, थानेश्वर सुवेदी, दुर्गादेवी घर्ती, रुद्राकुमारी क्षत्री लगाएत सदस्यमा चुनिएका छन् ।

सल्लाहकारमा कृष्ण थापा, काजी गाउँले श्रेष्ठ, बेदीलाल सापकोटा, टङ्कबहादुर केसी, टिकाराम शर्मा, गौरीश्वर पाण्डे, अर्जुन खत्री, तमबहादुर घर्ती र अमर खत्री चयन भएका छन् ।सम्मेलनले १७ बुँदे समसामायिक प्रस्ताव पारित गरेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

नवगठित समितिका अध्यक्ष थापाले यसअघि लगातार तीन कार्यकाल जिल्ला पार्टीको नेतृत्व सम्हालीसकेका छन् । दुई दिनसम्म चलेको सम्मेलनको उद्घाटन राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.