www.tandavnews.com
Fact ~ In search of truth

प्रजातन्त्रका सेनानी साउदेनको निधन

पशुपतिनगर ।

प्रजातन्त्रका सेनानी तथा नेपाली काङ्ग्रेसका पाका नेता चक्रबहादुर साउदेनको गए राति निधन भएको छ । लामो समय राजनीतिमा रहेर समाजसेवामा सक्रिय रहेका सन्दकपुर गाउँपालिकास्थित सुलुबुङ निवासी इलाम जिल्लाका पूर्वउपसभापतिसमेत रहनु भएका साउदेनको ८० वर्षको उमेरमा निधन भएको हो ।

पूर्वगाविस अध्यक्ष तथा नेपाली काङ्ग्र्रेसका पूर्वजिल्ला उपसभापति साउदेनलाई नेपाली काङ्ग्रेसले शनिबार उनकै घरमा सम्मान गरेको थियो । १९९५ सालमा जन्मिएका साउदेन लामो समय राजनीति र समाजसेवामा सक्रिय रहेपछि पछिल्लो समय विरामीले थलिएर घरैमा विश्राम लिइरहेका थिए ।

इलामको विकासका निम्ति योगदान गरेका साउदेनको निधनले इलामबासी दुःखी भएका छन् । २०४९ सालमा जिल्ला उपसभापति हुनुभएका साउदेन २०५४ सालको स्थानीय निकायको निर्वाचनमा सुलुबुङ गाविसका अध्यक्ष भएका थिए । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.