www.tandavnews.com
Fact ~ In search of truth

सिक्लेस जाने बाटो पक्की बनाउने जिम्मा मेरो : प्रचण्ड

पोखरा
ताण्डव न्यूज ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्यटकिय गाउँ सिक्लेस जाने सडक बाटो पक्की बनाउन आफुले जिम्मेवारी लिने बताएका छन् ।

सिक्लेसमा बनेको शान्ति स्तम्भ उद्घाटन कार्यक्रममा लागि पोखरा आएका उनले सिक्लेस जाने बाटोमा पर्ने विजयपुर खोला माथीको पक्की पुल उद्घाटन पछि यस्तो बताएका हुन् ।

Batas

‘सिक्लेस सम्म जाने बाटो अझै पनि कच्ची नै छ भन्ने सुनेको छु,’ प्रचण्डले भने, ‘शान्ति सम्झौतासँग जोडिएको सिक्लेस जाने बाटो पक्की बनाउन नैतिक रुपमा पनि व्यवहारिक रुपमा पनि अब मेरो जिम्मेवारी भयो । म पुरा गर्नेछु ।’

विस्तृत शान्ति सम्झौता हुनु अघि प्रचण्ड लगायत तत्कालीन माओवादीका नेताहरुलाई सिक्लेसबाट काठमाडौँ लगिएको थियो । त्यति बेला प्रचण्डलाई लिन तत्कालीन गृहमन्त्री कृष्ण सिटौला सिक्लेस पुगेका थिए ।

सोमबार सिक्लेसमा उद्घाटन हुन लागेको शान्ति स्तम्भको उद्घाटन कार्यक्रममा उनै सिटौला र प्रचण्ड आएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.