www.tandavnews.com
Fact ~ In search of truth

साताको राशिफल

मेष
मनोरञ्जन क्रियाकलापका साथमा साताको प्रारम्भ भए पनि यो साता सजग र सतर्कताका साथमा अघि बढ्ने समय छ । प्रारम्भमा नै सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने समय छ । साताको उत्तरार्द्ध धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय हो । सामान्यतया यो साता आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थाकेको अनुभूति गर्नेछन् ।

बृष
नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । तर मङ्गलबारदेखि बिहीवारसम्म आठौं भावमा चन्द्रमा रहने हुँदा झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, सवारीसाधन हाँक्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ ।

मिथुन
यो साता काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ । प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन । मङ्गलबारपछि हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । खासगरी शुक्रवार र शनिवार धैर्यता, संयमता र सोचविचार गरी समयको उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापबाट हानि पुग्ने सम्भावना छ ।

Batas

कर्कट
सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । मङ्गलबारदेखि बिहीवारसम्म शरीरमा क्रोध, आवेश र घमण्ड हावी हुने समय छ, मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ । प्रायः सबैले प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । समग्रमा मिश्रित प्रभाव भएको साता हुने हुँदा व्यवहारिक र संयम बन्ने प्रयास गर्नुहोला ।

सिंह
समग्रतामा मनमा उत्साह र उमङ्गमा कमी हुने छैन । तर सुरुदेखि मङ्गलवारसम्म घरभित्रैका समस्यामा रुमल्लिनु पर्ने समय छ । चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । धैर्यले काम लिने समय छ । साताको मध्यभाग सकारात्मक देखिन्छ । सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले प्रशंसा गर्नेछन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने समय छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । तर शुक्रबार र शनिवार अनुकूल हुँदैन । सहयोगी हातहरू पछि हट्न सक्छन् ।

कन्या
पराक्रम र उत्साह बढ्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ । तर साताको मध्यभाग अनुकूल रहने देखिंदैन । सवारी साधनबाटसमेत हानि पुग्नसक्छ । सचेत रहनुहोला ।

तुला
यो साता आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । साताको अन्त्य प्रतिकूल देखिए पनि समग्रमा यो साता उत्साहवद्र्धक रहने सङ्केत छ ।

बृश्चिक
आइतवारकै दिन तपाईंको आफ्नै राशिमा चन्द्रमाको आगमन हुने भएकाले यो साता उत्साह र उमङ्गले भरिएको समय हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । यो साता समग्रमा उत्तम समय रहे पनि घरिघरि मनमा दोधारको अवस्था हुनसक्छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ ।

धनु
साताको प्रारम्भ आर्थिक पक्ष कमजोर देखिन्छ, मङ्गलवारसम्म सोचेजस्तो हुँदैन । मनमा विरक्तिको भाव बहन सक्छ । तर साताको उत्तरार्द्धमा तपाईंले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ, यस अवधिमा सुरु गरिएको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्नेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । ढिलै भए पनि तपाईंले भने जसरी नै काम सम्पन्न हुनेछ । प्रारम्भ निराशाजनक भए पनि समग्रमा यो साता जिम्मेबारी वहन गर्नु पर्ने समय छ, उत्साहपूर्वक काम गर्नुहोला ।

मकर
मिश्रित प्रभाव भएको समय भए पनि समग्रमा यो साता सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ ।

कुम्भ
कर्मशील भई भाग्य निर्माण गर्ने साताको उदय भएको छ । यो साता तपाईंको राशिबाट दसौं, एघारौं र बाह्रौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले दानपुण्यका लागि असल छ । सुरुमा हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल बन्नुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । तर शुक्रबारपछि बाह्रौं चन्द्रमाको प्रभावले आर्थिक पाटो कमजोर बन्नेछ ।

मीन
भाग्यस्थानमा रहेको चन्द्रमाका साथमा यस साताको प्रारम्भ भएकाले समग्रमा उत्तम समय रहने छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.