www.tandavnews.com
Fact ~ In search of truth

उफ ! प्रधानमन्त्रीको बोली र काम

प्रधानमन्त्री केपी शर्मा ओली गएको फागुनमा दोस्रोपटक देशको प्रधानमन्त्री बन्दा जनमानसमा एक प्रकारको उत्साह थियो ।

उनको कार्यकाल ९ महिना पूरा भइसकेको छ । यो अवधिमा उनले जनतामा उत्साह भरिराख्नको लागि सम्झनायोग्य काम गर्न सकेनन् । काम गर्ने शैली सुस्त, ठूला समृद्धिका नाराले उनको बोली हाँस्यशैलीमा बिक्न थाल्यो ।

प्रधानमन्त्री ओलीले भने ९ महिनामा मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउँदै आएपनि ३३ क्वीन्टल सुन प्रकरण होस् वा निर्मला पन्त हत्या प्रकरण जस्ता विषयले सरकारमाथि आरोप र आलोचनाका चाङ थुप्रिएको छ ।

Batas

मूल्यवृद्धि नियन्त्रण गर्न नसक्नु, रेल र पानी जहाजको सपना बाँडेको ओली सरकार पटक–पटक ओलोचित बन्दै आइरहेको छ । उत्साहको साथ प्रधानमन्त्री पद सम्हालेका ओली आजकल हरेक पाइला र बोलीमा आचोचित बन्दै गएका छन् ।

अहिले फेरी, प्रधानमन्त्री ओलीलाई इसाई धर्म प्रचारक संस्था युनिफिकेसन चर्चसँग सम्बद्ध युनिभर्सल पिस फेडरेसन धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकार आफै सहआयोजक बनेको विषय आलोचनाको ‘हटकेक’ बन्न पुगेको छ । साथै सोही कार्यक्रममा उनले ग्रहण गरेको पुरस्कार र उनको होटेल बसाइले मुलुकको स्वाभिमानमा चोट पुगेको छ ।

कतिपयले त्यसलाई सरकारले ‘क्रिस्चियानिटी प्रवर्द्धन’ का लागि सघाएवापतको ‘इनाम’ पाएको भन्दै तीखो आलोचना गरेका समेत छन् । उनको कामलाई लिएर राजनीतिक दलका शीर्ष नेताहरुले पनि सामाजिक सञ्जालमार्फत खुलेरै बिरोध जनाएका छन् ।

देशमा खराब नेतृृत्व र कुशासनका लागि हरदिन यति बिघ्न आलोचना भैइरहेका बेला नेतृत्व र सुशासन पुरस्कार लिनु सम्मान नभई अपमान भएको भन्दै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देशकै अपमान भएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत पोस्ट गरेका छन् । वर्तमान सरकारले देशमा शान्ति, स्थायित्व, विकास र समृद्धिभन्दा देशलाई द्धन्द्धतर्फ धकेलेको आरोप पनि ओली सरकारलाई लागेको छ ।

किशोरी निर्मला पन्त मार्ने अपराधी पत्ता लगाउन सरकार अक्षम ठहरिएका बेला ओली ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’ बाट विभूषित हुनु पक्कै पनि स्वभनीय भने होइन । यो विषय प्रधानमन्त्री ओली ज्यूले पनि सोच्नुपर्ने विषय हो । तर उनको उपाधि मोहको हिस्सा हुनु जिम्मेवार पदको दुरुपयोग हुनु हो । यस्तो कार्य प्रधानमन्त्रीको मर्यादा र राष्ट्रिय स्वाभिमान प्रतिकूल देखिन्छ । प्रधानमन्त्री ओलीको विवादास्पद धर्मप्रचारक संस्थासँगको आपत्तिजनक हिमचिमले सगरमाथा जस्तो अग्लो देशका नागरिकको शिर पक्कै झुकेको छ । प्रधानमन्त्रीको बोली, आस्वासन र काम देखेर जनतालाई ‘ताजुप लाग्छ, आश्चर्य लाग्छ र बढो उदेक लाग्न थालेको छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.