www.tandavnews.com
Fact ~ In search of truth

‘विद्यार्थीहरुलाई रोजगारको व्यवस्था गर्दै आएका छौं’

पाेखरा
ताण्डव न्यूज ।

१) लेखनाथ होटल ट्रेनिङमा कस्ता–कस्ता व्यक्तिहरु तालिम लिन आउछन् ?

हामीसँग प्राय १६ बर्ष काटिसकेका युवाहरु तालिम लिन आउने गरेका छन् । त्यसमा पनि विदेश जाने युवाहरु, स्वदेशमा नै केहि रोजगारी गर्ने साथै कुनै होटलहरुमा रोजगारी पाउनका लागि होटल सम्बन्धि सम्पूर्ण तालिम सिक्न विद्यार्थीहरु आउँछन् ।

Batas

२)  यस ट्रेनिङ सेन्टरमा तालिम मात्र हो कि रोजगारको पनि व्यवस्था गरिएको छ ?

तालिममा सबै कोर्सहरु छुट्टाछुट्टै हुन्छन् । देश तथा विदेश जुनसुकै कुनामा गएर पनि काम गर्न सकिन्छ, किनकि हामीले विद्यार्थीहरुलाई त्यसरी नै प्रिपियर गरेका हुन्छौ । विद्यार्थीहरुको लागि संस्थाले गर्न सहयोग गरिराखेको छ ।

३) तपाइको ट्रेनिङ सेन्टरबाट विद्यार्थीहरुले अहिले सम्म कस्ता तालिमहरु बढी सिक्न आउँछन् ?

विशेष गरि अहिले चलेको भनेको इन्डियन, चाइनिज र कन्टिनेन्टल खानाहरु नै हो । विदेशमा चल्नि खानाहरु सबै नेपालमा चल्छ भन्ने पनि हुँदैन कुनै यहाँ राम्रो सँग चलेको हुन्छ कुनै विदेशमा चल्न सक्छ । तर, हामीले सबै ठाउँमा चल्ने खानाहरुलाई नै बढी प्राथमिकता दिँदै आएका छौ ।

४) यहाँबाट तालिम सिकेका विद्यार्थीहरु कुन–कुन देशहरु जानु भएको छ ?

प्राय त नेपालीहरु अष्ट्रेलिया, बराइन, युरोप सबै तिर जानु भएको छ । विद्यार्थीहरुलाई डकुमेन्टको लागि भने ट्रेनिङको हिसाबमा तालिमसँगै ट्रेनिङमा सक्षम भए पश्चात नै सर्टिपिकेट दिँदै आइराखेका छौ ।

५) अहिले होटल तालिम केन्द्र धेरै नै खुलेका छन् तपाइकोमा सिक्न आउनुपर्ने कारण के रहेको छ ?

पोखरामा पछिल्लो क्रममा धेरै ट्रेनिङ सेन्टरहरु खुलेका छन् । त्यसमा पनि ताल चोकमा नै यतिका विद्यार्थीहरु आउनको पहिलो कारण भनेको यहाँको सेवा सुविधा हुन सक्छ । किनकि हामीले यहाँ आउने विद्यार्थीहरुलाई रोजगारको व्यवस्था गर्दै आएका छौ । तीन महिनाको कोर्स छ भने पनि उनीहरुलाई हामीले नजानेको कुरा ६ महिना लगाएर भए पनि सिकाउने गरेका छौं । विद्यार्थीहरुलाई दिने सानो सानो सेवा सुविधाहरुमा पनि हामीले ख्याल गदै आएका छौ ।

६) तालिम अबधि कति हुन्छ ?

हाम्रो यहाँ हरेक तालिमको समयअबधि छुट्टाछुट्टै हुन्छ । विद्यार्थीहरुको संख्यासँगै विद्यार्थीहरुले कत्तिको सिक्न सक्ने नसक्नेमा पनि भर पर्छ । कुनै छिट्टै सिक्ने विद्यार्थीहरु पनि हुन्छन् भने कोही विद्यार्थीहरुलाई समय पनि लाग्न सक्छ । तालिमको सबै प्राक्टिकलहरु यहि हुन्छ । नपुगेको खण्डमा भने हामीले अरु होटलहरुमा पनि पठाउने गर्छौ ।

प्रस्तुति : राधाकृष्ण बसौला

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.