www.tandavnews.com
Fact ~ In search of truth

जित सुनिश्चित छ :इन्जिनियर आचार्य

पोखरा ।

नेपाल इन्जिनियर्स एशोसियसनको ३२ औं केन्द्रिय कार्यकारिणी समिति तथा सात वटै प्रदेश कार्यकारिणी सदस्यहरुको निर्वाचनले इन्जिनियर्सहरुमा यतिबेला चुनावी माहोल तातेको छ ।

केन्द्र र सातवटै प्रदेशको एकैसाथ यहि मंसिर २८ गते हुन गईरहेको इन्जिनियर्स एशोसियसनको चुनावमा विभिन्न समुहहरु बनाएर उम्मेदवारी घोषणा गरे पश्चात इन्जिनियरहरुले आ– आफ्नो प्रचार प्रसारलाई तिव्र पारेका छन् ।PEAN को तर्फबाट गण्डकी प्रदेश सदस्यको उम्मेदवार बनेका इन्जिनियर विमल आचार्यले पनि आफ्नो प्रचार प्रसारलाई आक्रामक ढंगले अगाडि बढाएका छन् ।

हाल पोखरा महानगरपालिकामा इन्जिनियर पदमा कार्यरत आचार्य पश्चिमाञ्चल इन्जिनियरिङ्ग क्याम्पस लामाचौर पोखराका सहायक क्याम्पस प्रमुख आ.ई. बाबुराम भण्डारी सभापति तथा पोखरा विश्वविद्यालयमा उपप्राध्यापक पदमा कार्यरत ई. ओम प्रकाश गिरी केन्द्रिय सदस्य रहेको PEAN प्यानलबाट चुनावी मैदानमा होमिएका हुन् ।

बाग्लुङ्गको नारायणस्थान गा.वि.स.मा जन्मेका आचार्य पर्वतबाट २०५८ सालमा S.L.C. , पश्चिमाञ्चल इन्जिनियरिङ्ग क्याम्पस लामाचौर पोखरामा (२०५९–२०६२) सिभिल इन्जिनियरिङ्ग विषयमा डिप्लोमा र (२०६४–२०६८) मा सिभिल इन्जिनियरिङ्ग विषयमै ब्याचलर गरेका थिए । ब्याचलर अध्ययन गरिरहदा तत्कालिन जि.वि.स. कास्कीमा सव–इन्जिनियर पदमा कार्यरत रहेका थिए ।

अध्ययनरत रहँदा धौलागिरी इन्जिनियरिङ्ग विद्यार्थी समाज (-DESS) को अध्यक्ष भई धौलागिरी तर्फका पर्वत,बाग्लुङ्ग,म्याग्दी,र मुस्ताङ्ग जिल्लाका विद्यार्थीहरुको अभिभावक समेत रहेका थिए । विद्यार्थी कालका विभिन्न साङ्गगठनिक जिम्मेवारी पार गरेका आचार्यले निर्माण कम्पनी र साना जलविद्युत आयोजनाका समेत कार्यानुभव संगालेका छन् ।

२०७० देखि  CTEVT को आङ्गिक संस्था जिरी प्राविधिक शिक्षालयमा निर्माण प्रशिक्षक र २०७१ सालमा निर्माण शाखा प्रमुखको जिम्मेवारी कुशलतापूर्वक सम्हाली २०७२ को भुकम्प पश्चात सरुवा भई CTEVT कै नेपाल बनेपा पोलिटेक्निकल इन्स्टिच्युट काभ्रेको संस्थापक भई सिभिल इन्जिनियरिङ्ग विभागको विभागिय प्रमुख पदमा कार्यरत रहेका थिए ।

पेशागत संगठनको सचिव अध्यक्ष हुँदै सल्लाहकार बनेका आचार्य हाल पोखरा महानगरपालिकामा इन्जिनियर पदमा कार्यरत रहेका छन् ।आम इन्जिनियरहरुको पेशागत हक,अधिकारलाई आफ्नै जस्तो गरी सरल तवरबाट सहजिकरण गर्ने र समस्या समाधान गर्ने तौल तरिका पनि जानेका आचार्यले इन्जिनियरिङ्ग पेशाको मूल्य मान्यतालाई राजनैतिक तवरबाट भेदभाव गर्नु भन्दा पनि व्यवहारले अगाडि बढाउदैं संस्थागत मर्यादा कायम गर्न आफू सक्षम रहेको प्रष्ट्याउँदछन् ।

नेपाल इन्जिनियर्स एशोसियसनलाई मेडिकल र बार एशोसियसन जस्तै गरिमामय संस्थाको रुपमा दरिलो र गर्भिलो बनाउने महान उद्धेश्यका साथ उभिएकोले आफ्नो जित सुनिश्चीत रहेको आचार्यको दाबी छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.