तनहुँ ।
तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बुनेर आय आर्जन गर्न थालेका छन् । विभिन्न कसुरमा जेल सजाय भोग्दै आएका तनहुँ कारगारका कैदीबन्दीले फुर्सको समयको सदुयोग गर्दै मुढा बिक्री गरी आत्मनिर्भर बनेका हुन् ।
कैदीबन्दीले आ–आफूले जानेको सीपको सदुपयोग गर्दै मुढा बुन्ने कार्यमा सहभागी भएर मुढा बिक्रीबाट भएको आम्दानीले घरपरिवारलाई खर्चसमेत पठाउँदै आएका हुन् । तनहुँ कारागारमा केही कैदीबन्दीले मुढा कम्पनी नै खोलेर सबै कैदीबन्दीलाई रोजगारीको वातावरण सिर्जना गराएको कैदीबन्दीका नाइके नरबहादुर थापाले जानकारी दिए ।
कैदीबन्दीले निर्माण गरेका मुडा आकर्षक हुनाका साथै बलियो हुने हुँदा मुढा किन्ने मानिस कारागारमै आउने गरेको उनले बताए। उनीहरुले बुनेका मुढा तनहुँ, पोखरा, बागलङ, गोरखा, लमजुङ, चितवन लगायत बजार क्षेत्रमा बिक्री वितरण हुने गरेको छ । कारागार प्रशासन कार्यालयले मुढा बुन्न आवश्यक पर्ने बाँस, धागोलगायत कच्चा पदार्थ जुटाउन र उत्पादित मुढा बिक्री वितरण गर्न सहज वातावरण बनाइदिएको हो ।
पच्चीस जना क्षमता रहेको उक्त कारागारमा अहिले १ सय २५ कैन्दीबन्दी छन् । उनीहरूले मुढा बुनेर बिक्री गरी प्रतिव्यक्ति मासिक पाँच हजारदेखि १५ हजार रुपैँयासम्म आम्दानी गर्ने गरेका छन् । कैदीबन्दीका नाइके थापाले भने, “मुढा बुन्न नजान्ने केही व्यक्तिले भने नाम्लो बुनेर आम्दानी गर्दै आएका छन् ।” रासस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।