www.tandavnews.com
Fact ~ In search of truth

कारबाही नहुँदा बिकृति मौलायो : अध्यक्ष तिमिल्सीना

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले ठेक्का लिएर पनि समयमा काम नगर्नेहरुलाई कारबाही हुन नसक्दा बिकृति मौलाउँदै गएको बताएका छन् । यस्तो बिकृति मौलाउन नदिन तोकिएको समयमा काम नगर्ने निर्माण ब्यबसायीलाई कारबाही हुनुपर्ने उनको भनाई छ ।

पर्वत जिल्ला अस्पतालको निर्माणाधिन ५० शैयाको अत्याधुनिक भवनको आज कुस्मामा शिलन्यास गर्दै अध्यक्ष तिमिल्सिनाले ठेक्का लगाएपछि काम अलपत्र छाड्ने क्रम बढेको हुँदा काम गर्र्ने निर्माण ब्यबसायीलाई काबार्ही गरेमा बढेको बिकृति न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।

Batas

ठेक्का पट्टामा बजेट ब्यबस्थापन भएर पनि काम हुन नसकेको बताउँदै उनले समयमा निर्माण कार्य गर्नेलाई पुरस्कृत गर्दै जाँदा मोबिलाईजेसन बुझेर धेरै काममा हात हाल्ने र समयमा पुरा नगर्नेहरु निरुत्साहित बन्ने तर्क गरे । जनप्रतिनिधीले छनोट गरेका योजना र बजेट ब्यबस्थापनबारे समुदाय र उपभोक्ताले समयमा नै गुणस्तरीय निर्माण कार्य भए नभएको अनुगमन गरेमा कामको प्रभाकारिता बढ्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

शिल्यन्यास गरिएको अस्पताल भवनको बारेमा बोल्दै अध्यक्ष तिमिल्सिनाले पर्वतमा एकै स्थानमा निर्माण गरिएको सबैभन्दा ठुलो सरकारी संरचना भएका कारण यसलाई तोकिएको समय भन्दा एक महिना भएपनि अघि सक्न निर्माण ब्यबसायीलाई उनको आग्रह छ ।

पर्वत जिल्ला अस्पतालको नयाँ भवन निर्माणका लागि अध्यक्ष तिमिल्सीनाले नै पहल गरेका थिए । बजेट बिनियोजन गर्न र भवन निर्माणको शिलन्यास गर्न समेत आफैँ उपस्थित भएका उनले पर्वत आउँदा निर्माण कार्यको सन्तोषजनक प्रगति आफुँलाई चाहिने भन्दै भवन निर्माण गर्ने निकाय र सम्बन्धित निर्माण ब्यबसायीलाई सचेत पनि गराए ।

पर्वत जिल्ला अस्पतालको नयाँ भवन २१ करोड १३ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । ५० शैया र अत्याधुनिक सुबिधा सहितको भवन ३० महिनामा पुरा गर्ने लक्ष्य छ ।

यसगैरी, अध्यक्ष तिमिल्सिनाले पर्वतको सदरमुकाम कुस्माबजारलाई बालेवा जोड्न कालीगण्डकीको कल्लेरीमा आफ्नै कार्यकालभित्र पक्की पुल बनाउने प्रतिबद्धता पनि जनाएका छन । त्यस्तै, पर्वतको कुस्मामा एक हजार क्षमताको सुबिधा सम्पन्न सिटी हल, सटर सहितको तीन तले बसपार्क निर्माण कार्य पनि तत्काल अघि बढाउने तयारी भैरहेको बताउँदै उनले त्यसको लागि डि.पी.आर बनाउने काम शुरु गर्न भवन निर्माण डिभीजनलाई निर्देशन दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.