www.tandavnews.com
Fact ~ In search of truth

पोखरेली मन लोभ्याउँदै ‘घेरो’

पोखरा ।

पोखरा थिएटरमा मङ्सिर २१ गतेदेखि मञ्चन भइरहेको नाटक ‘घेरोे’ले पोखरेलीलाई लोभ्याएको छ । मङ्सिर २९ गतेसम्म चल्ने यो नाटकले नेपाली समाजमा अन्धविश्वासले पारेको प्रभावलाई देखाउन खोजिएको छ ।

घरको दैलामा चामलको घेरो देखियो भने अनिष्ट हुने नेपाली अन्धविश्वासलाई नाटकमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ । नाटकले सामाजिक अन्धविश्वास र रुढीवादीपनलाई व्यङ्ग्य गर्नुका साथै धार्मिक लोक परम्परालाई समेत आत्मसात गरेको छ ।

हिन्दू धार्मिक मान्यता, परम्परालाई समेटेको नाटकमा माइतीबाट फर्केका दम्पती घर पुगेर दैलो खोल्ने बित्तिकै चामलको घेरो देखिन्छ । त्यही चामलको घेरोमाथि समाजको रुढीवादी नजर र अन्धविश्वासलाई ‘घेरो’ले देखाउन खोजेको छ ।

युथ क्रियसन थिएटरको छैँटौँ प्रस्तुति यस नाटकको प्रारम्भमा नै बालनको शैलीमा भजनमार्फत गरिएको कथा वाचनले दर्शकलाई रोमाञ्चित बनाउँछ । नाटकमा कलाकार लक्ष्मण डुम्रे र अनिका सापकोटा प्रमुख दम्पतीको भूमिकामा छन् भने ममता मञ्जुल, केदार पौडेल, सञ्जय न्यौपाने, अञ्जना पौडेल, प्रसुनलगायतको जीवन्त अभिनय छ । त्यस्तै मधुसुदन पौडेल, ताराखर पौडेल र विनोद पौडेल भजनमार्फत देखिएका छन ।

केदार पौडेलद्वारा लिखित नाटकमा पौडेल स्वयंले कहिले भैँसी त कहिले झाँक्रीको अभिनय गरेका छन । युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माको निर्देशकीय भूमिका रहेको नाटकको भजन मधुसुधन पौडेलले लेखेका हुन्।

अध्यक्ष शर्माले घेरो युथ क्रियसन थिएटरको छैँटौँ प्रस्तुति भएको जानकारी दिए । प्रत्येक साँझ ५.०० बजे मञ्चन भइरहेको नाटक शनिबार १.०० बजे पनि मञ्चन हुने व्यवस्थापक सौगात पोखरेलले जानकारी दिए। नाटक घेरो थिएटरको अहिलेसम्मको प्रस्तुति भन्दा भन्दा फरक भएकाले यसले नाट्यप्रेमी पोखरेलीको मन जितेको उनको भनाइ छ ।

नाटकमा रुढीग्रस्त समाजलाई देखाउनमात्रै नखोजिएको बताउँदै पोखरेलले समाजका विभिन्न आयामलाई पनि प्रस्तुत गरिएको उल्लेख गरे । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.