www.tandavnews.com
Fact ~ In search of truth

‘विद्यार्थी र अभिभावकका लागि उत्कृष्ट परामर्श स्थल इक्यान शैक्षिक मेला’

पाेखरा
ताण्डव न्यूज । 

इक्यानले आयोजना गर्दै आएको बृहत शैक्षिक मेलाको यो छैंटौ संस्करण हो । विगतमा आयोजित मेलाहरुका राम्रा पक्षलाई निरन्तरता दिएका छौं ।

इक्यानले सदैव विद्यार्थी र अभिभावकको हकहितलाई शिरोपण गर्दै आएको छ । नाफारहित संस्था भएकाले पनि हामी यसलाई सामाजिक उत्तरदायित्वको विषय ठान्दछौं ।

Batas

वैदेशिक अध्ययनलाई त हुने भइहाल्यौ । सँगै, स्वदेशमै अध्ययन गर्न चाहनेहरुका लागि पनि हामीले यस मेलामा परामर्श दिनेछौं ।

विशेषतः अष्ट्रेलिया, जापान, न्यूजिल्याण्ड, यूएसए लगायतका देशमा जाने विद्यार्थीहरुको संख्या बढ्दो छ । हामीले ग्राउण्ड देखी टप लेभलसम्मको जानकारी यहाँ प्रदान गर्नेछौं ।

इक्यानमा अवद्ध, शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरुबाट विद्यार्थी र अभिभावकले प्रक्रियाका बारेमा बुझ्न सक्नुहुनेछ ।

वैदेशिक अध्ययनका लागि आवश्यक पुर्व तयारी कक्षाहरु, सरकारको नीति नियम, विदेशको भिसा नीति, गइसकेपछिका अवसर चुनौतीका बारेमा सम्पुर्ण परामर्श मेलामा प्राप्त गर्नुहुनेछ ।

अर्को कुरा, अभिभावकहरुले झेल्नुपरेको आर्थिक समस्याको बारेमा पनि हामी सचेत छौं । शैक्षिक कर्जाको जानकारीका लागि प्रभु बैंक, सिद्धार्थ बैंक, र सानिमा बैंकबाट प्रत्यक्ष परामर्शको व्यवस्था मिलाएका छौं ।

हामी सधैं के सोच्छौं भने, शिक्षा इच्छाअनुसारको हुनुपर्छ । यहाँ अवसर, चुनौतीहरु धेरै छन् । चुनौतीहरुलाई चिर्नका लागि अभिभावक विद्यार्थीहरुले कानुन, प्रक्रिया, लागत सबैको बारे बुझ्नु आवश्यक छ ।

मेला मंसिर २६ देखि २८ सम्म तीन दिन सञ्चालन हुँदैछ । जीवनमा अवसर खोजिरहेको विद्यार्थीले गलत बाटो नरोजोस् भन्ने कुरामा हामी गम्भिर छौं । कसैले पनि ग्यारेण्टी गर्दैमा पछि लागि नहाल्नुस् । स्वीकृति प्राप्त होकी होइन ? सहि सूचना दिइरहेको छ कि छैन ? यो निक्र्यौल गर्ने विद्यार्थी र अभिभावकले नै हो ।

भविष्य निर्माण गर्ने शिलशिलामा सहि सूचना लिनुपर्छ । यसका लागि मेला महत्वपुर्ण छ । वैदेशिक अध्ययनका बारेमा जिज्ञासा, गलत गाइडेन्स भएका कुराहरु सुन्न इक्यान सदैव तयार छ । आउनुहोस्, मेलामा सहभागि हुनुहोस् र लाभ उठाउनुहोस् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.