www.tandavnews.com
Fact ~ In search of truth

संर्घषले दिलाएकोे खुसी

सञ्जय रेग्मी
पर्वत, ताण्डव न्यूज । 

विश्व प्रसिद्ध वैज्ञानिक चाल्र्स डार्विनले पनि आपmनो बुक ‘ओरिजिन अफ स्पेसिस’ मा लेखेका छन्, ‘यो प्रकृतिमा उत्पत्ति भएका सबै जीवहरु बाँच्न सक्दैनन् । तर जसले यही वातावरणमा संघर्ष गर्न सक्छन् उनीहरु भने आफ्नो अस्तित्व जोगाउन सफल रहन्छन् ।’

यो संसारमा जति पनि मानिसहरु जन्मिएका छन्, ती मध्ये जसले संघर्ष गर्छ र कहिल्यै पनि थकाईको महसुस गर्दैनन् उनीहरुले मात्रै सफल र आनन्दको जीवन जिउने गरेको पाइन्छ । दार्शनिकहरुको भनाइमा हामी सहमत हुनैपर्छ, किनकी जीवन भनेको आफंैमा एउटा संघर्ष हो । सबैका आआफ्ना संघर्षका कथा र व्यथा छन् ।

Batas

यस्तै संघर्षका एक पात्र हुन्, धनपति आचार्य । बागलुङ जिल्लाको राङखानी गाविस–१ मा जन्मिएका आचार्य बुबाआमाका एकमात्र सन्तान हुन् । आचार्यकी आमा करिब १५ वर्षकी हुँदाको अवस्थामा विवाह भएको थियो । विवाह भएको दुई महिना पुग्न लाग्दा उनको सिउँदो पुछियो ।

जतिबेला धनपतिकी आमा हरिकला गर्भवती थिइन् । आमा १६ वर्षकी हुँदा धनपति जन्मिए । धनपतिकी आमा हरिकलाले धेरै दुख कष्ठ सहिन् । जीवनको साहरा श्रीमानको मृत्यु भएपछि समाजका अनेक लान्छाना सहेर बस्न बाध्य थिइन् । हरिकलालाई अर्को विवाह गर्नुपर्छ भन्ने दबाब पनि आउन थाल्यो । आफ्नै दाइले माइतमा लगेर पालनपोषण गरे ।

गर्भमा करिब एक महिनाका रहेका धनपतिलाई गर्भैबाट ऋण लागेर आयो । धनपति जन्मअघि र पछि गरेर साहूको ऋण तिर्नकै लागि सबै जग्गा बेचियो र सम्पत्तिको नाउँमा केबल एउटा भुप्रो गोठ बन्धकमा रह्यो । दाजुको घरमा ८ महिना आश्रय लिएपछि हरिकला पुन आफ्mनै श्रीमानको थलो राङखानीमा फर्किइन् । बन्धक रहेकै गोठमा जसोतसो निवेक गरी हरिकलाले २०३५ सालमा धनपतिलाई जन्म दिइन् ।

धनपतिको जन्म त भयो तर हरिकलाले बच्चाको बारेमा विभिन्न अप्ठ्यारासँग जुध्न बाध्य बन्नुप¥यो । जन्मदेखि नै धनपतिको ओठ फाटेको कारण उनको मुख बन्द हुँदैनथ्यो । यति सम्मकी फाटेको ओठको कारण उनले आमाको दूध चुस्नसम्म पनि मिल्दैनथ्यो । जसकारण उनलाई राक्षस जन्माएको भनी बच्चालाई छुट्टै राख्न तीव्र दबाब दिए ।

सम्पत्तिको नाउँमा गोठ मात्रै भएका कारण हरिकलाले बच्चालाई पिठ्यूँमा बोकेर निवेक गरी हुर्काइन् । काम गरेको घरमा केही मकै दिन्थे त्यसमा पनि कतिपय त कुहिएका मकै पनि पर्थे त्यो पनि आपmनो छोरालाई खुवाउने गर्थिन् ।

त्यसपछि अधियाँमा गाई पालेर धनपतिलाई थोरै भएपनि स्याहार गर्ने मौका पाइन । धनपति विस्तारै ठूलो हुँदै गए, उनको फाटेको ओठले उनलाई नराम्रो पनि देखायो सोही कारण उनी १३ वर्षको हुँदा ओठको उपचारको लागि मामाले भारत लिएर गए । फाटेको ओठको उपचार पश्चात उनको अनुहार केही सुहाउँदो बन्यो । भारत गएपछि उनलाई नेपाल फर्किन मन लागेन किनकि उनले घरको ऋण तिरेर आमाको मनमा शान्ति दिनको लागि पनि केही पैसा कमाउनु नै पर्ने थियो । ऋण तिर्नका लागि उनी भारतमै बसेर चौकीदारीको काम गर्न लागे ।

चौकीदारीको कामले उनको पेट पाल्ने आधार त भयो तर नेपालमा आमाको अवस्था भने जस्ताको तस्तै । उनलाई निन्द्रा पर्न छाड्यो, आमाको यादले सताउन थाल्यो, तर मनमा गाँठो पारेर भए पनि गाउँको ऋण तिर्नका लागि बिहानदेखि बेलुकासम्म राम्रो आम्दानी हुने कामको खोजीमा लागे ।

भारतीय रुपैयाँ ८ सय मासिक तलब पाउने गरी रातिमा चौकीदारीको काम गर्दा गर्दै उनले दिउँसोमा एक फोटो स्टुडियोमा फोटो निर्माणको काम सिक्ने अवसर पनि पाए । उनले कम्प्युटरको प्रयोग नगरी क्यामेराबाट नै विभिन्न डिजाइनका फोटोहरुको निर्माण गर्न जान्ने भए ।

थोरै समय मात्रै सुतेर रातिमा चौकीदारी र दिउँसोमा फोटो स्टुडियोमा काम गरेर केही पैसा पनि कमाए जसले घरमा लागेको केही ऋण पनि तिरे । उनले फोटो निर्माणमा मात्रै होइन रेडियो, टिभीलगायतका ईलेक्ट्रोनिक सामानहरु निर्माण गर्ने पनि सिक्दै पनि गए ।

१२ वर्षसम्म लगातार चौकीदारीको काम गर्दा केही पैसा कमाउन सके जसले गाउँमा केही खेत र खरबारी किन्न सफल भए । सानो घर निर्माण गरे । दुख पाएकी आमाको मुहारमा थोरै भएपनि खुसी भरिदिए । आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले उनी बागलुङ फर्किए ।

भारतबाट आफूलाई चाहिने क्यामेरा, लाइटलगायतका सामग्रीहरु पनि लिएर आए । भारतबाट फर्किए लगत्तै बागलुङ बजारमा १ महिनासम्म स्टुडियो खोलेर बसे र त्यसपछि पर्वतको कुश्माबजारमा राङखानी फोटो स्टुडियो सञ्चालन गरे ।

उनले भारतमा सिकेको कला पर्वत जिल्लामा नयाँ भयो । उनले नायक–नायिकाहरुसँग बसेर खिचेको, कालीगण्डकीलगायतका नदीको बीचमा बसेको लगायतका स्टन्टहरु राखिएका फोटोहरुको निर्माण गरे जुन पर्वतका लागि नयाँ थियो, नौलो थियो । उनको मिठास बोली, ग्राहकहरुप्रतिको सौहार्दपूर्ण व्यवहार र कलात्मक फोटोका कारण उनको रातारात चर्चा भयो ।

उनले फोटो स्टुडियोमा प्रगति गर्न थाले । उनले स्टन्ट सहित तयार पारेका फोटोहरु त बढी युवा युवतीहरुको माझमा लोकप्रिय बने । आफ्नो जीवनलाई शून्यबाट यात्रा सुरु गरेका आचार्य अहिले पर्वतकै रेडियो र एक निजी विद्यालयका सेयर सदस्य हुन् ।

दुखको सागर पौडिएर आएका धनपतिको आजभोलिको रहनसहन देख्दा जो कसैले पनि उनलाई पत्याउन मुस्किल छ । करोडको लगानीमा घर निर्माण, सवारी खरिद, फोटो स्टुडियो, फर्निचर शोरुम, यी उनका संघर्षले बनाएको सम्पत्ति हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.