www.tandavnews.com
Fact ~ In search of truth

जन्मथलो कास्की, निर्वाचन क्षेत्र चितवन :नेकपा अध्यक्ष दाहाल

 

पोखरा / ताण्डव न्यूज ।

चौथो चुनावमा कास्कीबाट चुनाव लड्ने चर्चा चलिरहेको बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु चितवनबाट नै चुनाव लड्ने प्रष्टोक्ति दिएका छन् ।

Batas

कास्कीको मादी गाउँपालिका स्थित सिक्लेसमा मङगलबार आज बिहान आयोजित पत्रकार सम्मेलनमा दाहालले भने, ‘कास्की मेरो जन्मथलो हो ,कास्कीसगँ मेरो प्रगाढ भावनात्मक सम्बन्ध रहेको छ, तर चुनाव म चितवनबाटै लड्नेछु ’ ।

उनले भने,‘अहिलेसम्म मैले कास्कीबाट चुनाव लड्ने विषयमा सोचेको छैन,मेरो निर्वाचन क्षेत्र चितवन नै हुन्छ ’ । दाहाल सिक्लेसमा बनाइएको शान्ति स्तम्भको अनावरण गर्न हिजो (सोमबार) सिक्लेस पुगेका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.