www.tandavnews.com
Fact ~ In search of truth

नाच्न लाज लाग्थ्यो

पाेखरा
ताण्डव न्यूज । 

जयकोट जिल्लाको वडा नं ५ अहिले ४ पर्छ । टाढा गोइला भन्ने गाउँ थियो सानो । त्यो गाउँमा एउटा सरस्वती प्रावि भन्ने स्कुल थियो । त्यो स्कुलमा मेरो बुबाले पनि टिचिङ गर्नु हुन्थ्यो । त्यहीबाट सुरु भएको हो मेरो स्कुल लाइफ ।

मेरो सानैदेखि को स्वभाव थोरै बोल्ने र धेरै सुन्ने थियो । मलाई याद भएसम्म सायद मैले बाल्यकालमा कहिल्यै पनि बदमास काम गरिन । सबै सर मिसको म आज्ञाकारी विद्यार्थी थिएँ । मैले कक्षा ५ सम्म सरस्वती प्राविमा पढेको हुँ । त्यहाँ ५ सम्म मात्र पढाइ हुन्थ्यो ।

Batas

कक्षा ६ देखिको मेरो पढाइ वीरेन्द्र माविमा सुरु भयो । एक डेढ घन्टा हिडेपछि उकालोको पारि पट्टि वीरेन्द्र मावि स्कुल थियो । सायद त्यो स्कुल अहिले पनि छ होला ।

६ कक्षामा पारि पढ्न जाँदा आफै खाना पकाएर खाएर जान पथ्र्यो । स्कुल जाने बाटोमा खोला भएकाले खोला बढेको बेला र वर्षात्को समयमा बुवाले पु¥याउनु हुथ्यो अरु बेलामा हामी आफै जाथ्यौँ । पानी पर्ने समयमा र परीक्षाको बेलामा स्कुल तिर नै डेरा बस्ने गरिन्थो । त्यो समयमा प्रायः जसो आफैँ खाना पकाएर खाने स्कुल जाने गरिन्थ्यो । पहाडी ठाउँ भएकोले शिक्षकहरु सबै टाढाको हुनुहुन्थ्यो ।

सप्तरीदेखिको सर हुनुहुन्थ्यो । टाढा भएकाले कोही आउन खोज्नु हँुदैनथ्यो । त्यो समयमा विद्यार्थी सङ्ख्या धेरै थिएन । ९, १० कक्षामा पढ्दा स्कुलमा १८ जना विद्यार्थी सङ्ख्या थिए । त्यसमा पनि एक जना मात्र केटी । अहिले त केटीको सङ्ख्या बढेको छ ।

त्यो समयमा छोरीहरुलाई पढ्ने पढाउने चलन भने थिएन । केटीहरुलाई छिट्टै विवाह गरिदिने केटाहरु पनि रोजगारको शिलशिलामा इन्डिया जाने चलन थियो । अर्घाखाँचीको एक जना सर हुनुहुन्थ्यो केशवराज । उहाँले नै हो पढाइमा हाम्रो बेस बनाउनु भएको ।

उहाँको साह्रै कडा प्रशासन थियो । भाटा लिएर हिड्नु हुन्थ्यो ठीक लाइनमा बस्छ कि बस्दैन, टाइममा स्कुल आउँछ कि आउँदैन भनेर अनुशासित भएर बसेको नबसेको सबै कुराहरु हेर्नु हुन्थ्यो ।

साँस्कृतिक कार्यक्रम, विचार गोष्ठीमा अनिवार्य सहभागी हुनैपर्ने, हरेक प्रतियोगितामा सबै विद्यार्थीहरुले सहभागिता जनाउनै पर्ने हुन्थ्यो ।

जब म कक्षा ६ मा पढ्न गएँ त्यही समयमा त्यहाँ त्यही सरहरुको टिम आउनु भएको रहेछ । केशवराज नेपाली विषयको शिक्षक हुनुहुन्थ्यो, एक जना मिस हुनुहुन्थ्यो अंगे्रजी पढाउनु हुन्थ्यो त्यो टिमले नै हो हाम्रो पढाइमा बेस बनाएको ।

अंग्रेजी पढाउने मिस कृतिका राई उहाँले हामीलाई ग्रामरको सबै टेन्सहरु घोकाउनु हुन्थ्यो । गुल्मीको टिकाराम सरले गणित विषय पढाउनुहुन्थ्यो । उहाँले मलाई गणितको सबै सुत्रहरु सजिलो तरिकाले सिकाउनु भयो ।

त्यो समयमा १८ जनाले टेस्ट परीक्षा दिएकोमा हामी ८ जना मात्र पास भएका थियौ । २०५० सालको मेरो एसएलसी हो । त्यो बेला एसएलसी भनेपछि साह्रै डर लाग्थ्यो । परीक्षमा दायाँ बायाँ हेर्न पनि नहुने । हेरियो भने सिधै रेस्टिकेट हुनुपथ्र्यो ।

कुनै चान्स थिएन कति विद्यर्थीहरुले त आत्तिएरै परीक्षा बिगार्ने गर्थे । म पनि साह्रै डराएको हुनाले बुबा गेट बाहिर आउनु भएको थियो । सुरु दिनमा म छिटो सिध्याएर निस्किएको थिएँ सबैले बिगा¥यो भनेर कराएका थिए । हामी तिन जना पास भयौँ दुई जना तेस्रो श्रेणीमा र मैले द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेँ ।

त्यसपछि म सुर्खेत गएँ । मैले मानविकी संकाय लिएर पढे । बुवाको शिक्षा पढाएर शिक्षक बनाउने ठूलो धोको थियो । तर मेरो त्यस्तो खासै धोको भने थिएन त्यो बेला । मेरो मामा पनि शिक्षक हुनुहुन्थ्यो । मामा शिक्षक भन्दा लोकसेवा पढ्नुपर्छ भन्नुहुन्थ्यो । बिस्तारै मैले पनि लोकसेवाको किताबहरु किनेर पढ्न थाले ।

इन्ट्रान्सको परीक्षा दिएर गाउँ आएर पछि कलेज फर्किँदा फर्म भर्ने म्याद सकिएकाले मैले परीक्षा दिन पाइन् । पुनः मेजर इङ्लिस लिएर रेगुलर पढें । त्यसपछि म फेरि बिएडमा लागे किनकि म शिक्षक बन्नु थियो । मैले प्राइभेटमा शिक्षकको कामसँगै बिएड पनि सके । त्यसरी नै मेरो विद्यार्थी जीवन सकिएको थियो ।

बाल्यकाल सम्झिँदा एउटा कुरा मलाई सधँै याद आइरहन्छ । जब म वीरेन्द्र माविमा अध्ययन गर्ने क्रममा स्कुलमा साँस्कृतिक कार्यक्रम साथै प्रतियोगिताहरु हुने गर्थे ।

सबै सर मिसहरुले मलाई साह्रै नचाउन खोज्नु हुन्थ्यो । (लामो हाँसो ……….) तर म लाजले रातो हुने गर्थे । त्यसैले पनि म कहिल्यै नाच्न सकिन ।

प्रस्तुति : बिनिता सुनार

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.