www.tandavnews.com
Fact ~ In search of truth

इक्यान शैक्षिक मेला उद्घाटन गर्दै प्रदेश प्रमुखले भने ‘शिक्षित, दीक्षित भएर मातृभूमि फर्किनुस् ’

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुवँरले नेपाली विद्यार्थीहरुलाई वैदेशिक अध्ययन सकेर नेपालमै फर्कन आग्रह गरेका छन् । नेपाल शैक्षीक परामर्श संक (इक्यान) कास्कीले आयोजना गरेको छैटौं इक्यान शैक्षीक मेलाको उद्घाटन गर्दै प्रदेश प्रमुख कुवँरले विदेशमा सिकेको सिप, अध्ययनलाई नेपालमै आएर व्यवहारतः लागू गर्नुपर्ने बताएका हुन् ।

Batas

‘सुविधा पाउने वित्तिकै विदेशमै बस्नुपर्छ भन्ने होइन । देशमै आएर केही गर्न सके मात्रै नेपाली भइन्छ’, उनले भने ‘नेपालको निम्ती केही गर्न नसक्ने नेपाली हुँदैन । मातृभुमीको सेवा गर्न सकिएन भने अध्ययन गरेर मात्रै पनि काम छैन ।शिक्षीत होऔं, दिक्षीत हाऔं र देशमै फर्किऔं ।’ विदेशमा बसेर दिएको सन्देशले समाज नसुध्रिने उनको भनाइ थियो ।

प्रदेश प्रमुख कुवँरले सम्पुर्ण कन्सल्टेन्सीहरुलाई देशको कानुनमा रहेर अघि बढ्न सुझाए ।

इक्यान केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले विभिन्न समय भिन्न आरोपहरु आउने गरेको बताउँदै आरोपहरुलाई चिर्दै अघि बढेको सुनाए ।

देशका विभिन्न शहरमा सञ्चालित कतिपय कन्सल्टेन्सीहरु मन्त्रालयसँग पनि अनुमति नलिई सञ्चालन गरेको प्रसंग उल्लेख गर्दे उनले भने ‘कतिपय कन्सल्टेन्सीहरु मन्त्रालयबाट अनुमति लिएका छैनन् । यसले कन्सल्टेन्सीप्रतिको सोच नकरात्मक बनाउन भूमिका खेल्छ । हाम्रो चाहना सबै संस्थाहरु कानुनतः चल्नुपर्छ भन्ने हो ।’ सबै कन्सल्टेन्सीहरुलाई अनुशासनमा रहेर व्यवसाय गर्न उनले सुझाए ।

इक्यान केन्द्रिय महासचिव शेषराज भट्राईले इक्यान शैक्षीक मेला पोखराको आइडेन्टीटी मेला बनिसकेको बताए ।उनले कन्सल्टेन्सीहरुकै कारण हरेक वर्गका परिवारले विदेश पढ्न जाने कुरा सम्भव भएको दाबी गरे ।

इक्यान कास्की अध्यक्ष भुवन क्षेत्रीले सफा नियत, समुदायप्रति उत्तरदायित्व र कानुनको अधिनमा रहि व्यवसाय गर्नुपर्ने बताए । कार्यक्रममा ब्रिटिस काउन्सीलका सुमित बज्रचार्यले मन्तब्य राखेका थिए ।

इक्यान कास्की अध्यक्ष भुवन क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रुद्रप्रसाद अर्यालले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.