www.tandavnews.com
Fact ~ In search of truth

संवैधानिक परिषद् बैठक स्थगित,अन्योलमा प्रधानन्यायाधीश सिफारिस

पोखरा / ताण्डव न्यूज ।

संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

आज बिहान बस्ने भनिएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।
हिजो बस्ने भनिएको बैठक शिर्ष नेताहरु व्यस्त रहेको भन्दै पुस ५ गतेका लागी सारिएको भएता पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशको नियुक्तिमा ढिलाई हुने भन्दै आजैका लागी बैठक बोलाएका हुन् ।

Batas

मंसिर १६ गते बैठक चल्दाचल्दै परिषद्का सदस्य तथा विपक्षी दलका नेता देउवा बाहिरिएपछि प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको थिएन । आज पनि केहीबेर बसेको बैठकमा काँग्रेस सभापति देउवा उपस्थित नभए पछि बिना निर्णय बैठक स्थगित भएको हो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागी दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकास पाउँदैछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.