www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङमा पक्राउ परे डाँफे, घोरल र कस्तुरीका शिकारी

संजय रेग्मी

पर्वत / ताण्डव न्यूज ।

हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङको छोङगुमा जङ्गली जनावरको मासु र जनावर मार्नको लागि प्रयोग गरिने पासो सहित एक जना शिकारी पक्राउ परेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमकी रेञ्जर धनु गुरुङको नेतृत्वमा कोवाङबाट गएको प्रहरी सहितको टोलीले रोल्पाका ५७ वर्षीय मोहनबहादुर मगरलाई पक्राउ गरेको हो ।

मगरको साथबाट पकाएको मासु एक के.जी, जनावरको सुकुटी, खानको लागि तयारी रोटी, जनावर पार्नको लागि प्रयोग गरिने ७० थान पासो, डाँफे पार्नको लागि बिछ्याईएको ४ थान पासो र एउटा खुकुरी बरामद भएको छ ।

रेञ्जर गुरुङले दिएको जानकारी अनुसार उनलाई पासो थाप्न लागेकै अवस्थामा रंगेहात पक्राउ गरिएको हो । ‘हाम्रो टोलीले पासो थाप्दै गरेको अवस्थामा देखेपछि उ झोला छोडेर भाग्यो, झोला हेर्दा बिभिन्न सामग्री बरामद भयो ।’ उनले थपिन, ‘पछि प्रहरीले उसलाई भाग्दै गरेकै अवस्थामा पक्राउ गर्यो ।’

पक्राउ परेका मगरले प्रहरीसंग पकएको मासु घोरलको भएको र आँपूmले १० दिन अगाडी उक्त घोरलको शिकार गरेको बताएका छन् । तर त्यो मासु कस्तुरीको हुन सक्ने शंका गरिएको छ । यसको पुष्टीको लागि बरामद भएको पकाएको मासु र सुकुटीलाई परीक्षणको लागि पोखरा पठाईएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काका अनुसार पक्राउ परेका मगरलाई थप अनुषन्धानको लागि बिहीबार एक्यापको सम्पर्क कार्यालय पोखरा मार्पmत कास्की प्रहरीलाई जिम्मा लगाईँदै छ ।

गस्तीमा रहेको टोलीले समुन्द्री सतहबाट ३५ सय मिटरको उचाईमा रहेको स्थानमा शिकारीलाई पक्राउ गरेको यो पहिलो पटक हो । कोवाङको जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पंक्षीको चोरी शिकार बढेपछि प्रहरी र एक्यापका कर्मचारीसहित गस्तीमा रहेको पनि रेञ्जर गुरुङले बताईन् । यो गस्ती टोली अझै केही दिनसम्म मुस्ताङका उच्च स्थान र जंगलहरुमा यसरी नै गस्ती गर्ने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.