www.tandavnews.com
Fact ~ In search of truth

टप्स स्पोर्टस् मिट सम्पन्न

पोखरा ।

पोखरा–१० रामघाटमा अवस्थित टप्स इङ्लिस बोर्डिङ स्कुलमा मङ्गलबारदेखि सुरु भएको दुई दिवसीय स्पोर्टस् मिट सम्पन्न भएको छ । विद्यालय प्राङ्गण र पोखरा रङ्गशालामा एक साथ सुरु भएको प्रतियोगितामा कक्षा नर्सरीदेखि बाह्र सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

खुल्ला तथा सदनात्मक रुपमा भएको खेलकुद प्रतियोगितामा बास्केटबल र भलिबल छात्रतर्फ कक्षा १२ म्यानेजमेन्ट समूह प्रथम भएकोमा कक्षा ११ले द्वितीय स्थानमै चित्त बुझायो । छात्रा भलिबल र बास्केटबलको उपाधि भने कक्षा ११को समूहले प्राप्त ग¥यो भने कक्षा १२ को समूह दोस्रो भयो ।

छात्र टेबल टेनिस एकलर्फ कक्षा १२ होटल व्यवस्थापनका भद्र आले प्रथम, कक्षा ११ विज्ञान संकायका कायश विक दोस्रो भए । छात्रातर्फ भने कक्षा १२ विज्ञानकी रेश्मा सारु मगर प्रथम र ११ कि बिनिशा पन्त दोस्रो भए । छात्रा डबलतर्फ रेश्मा तिवारी र करिष्मा गुरुङले उपाधि हात पारे भने विनिशा र ममता भण्डारीको समूह दोस्रो भयो ।

विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको प्रतियोगितामा एथ्लेटिक्सतर्फ १००,२००,४००, मिटर छात्र छात्रा दौड, १५०० मिटर खुल्ला छात्र दौड, लङजम्प, हाइ जम्प, सटपुट, ४०० मिटर रिले दौडसँगै छात्रछात्रा भलिबल, बास्केटबल, टेबलटेनिस आदि खेल खेलाइएको २ संयोजक निर्मल सोतीले जानकारी दिए ।

पूर्व प्राथमिक एवम् प्रावि तहतर्फ विद्यालय प्राङ्गणमा नर्सरीदेखि दुईसम्मका विद्यार्थीहरुका बिचमा स्याक रेस, बेलुन फुटाउने, म्युजिकल चेयर, ५० मिटर दौड, गणित दौड,चकलेट दौड लगायतका रोचक खेल खेलाइएको विद्यालयका सहायक प्रिन्सिपल चित्रकुमार गुरुङले जनाए ।

मङ्गलबार छनौट चरणको खेल भएकोमा बुधबार फाइनल खेल भएको हो । एथ्लेटिक्स तर्फको पनि सबै खेल उत्साहपूर्वक सम्पन्न भएको र सेती, मादी, मस्र्याङ्दी र काली गरी चार सदन मध्ये खेलकुदमा प्राप्त अङ्कका आधारमा आज उत्कृष्ट सदन घोषणा गरिने विद्यालयकी खेल शिक्षिका ऋषिसरा थापाले जनाइन् ।

विद्यालयका संस्थापक प्रिन्सिपल रत्नमान गुरुङको अध्यक्षतामा भएको प्रतियोगिताको संयोजन अतिरिक्त क्रियाकलाप संयोजक रमेश शर्मा र सञ्चालन विद्यालयका शैक्षिक प्रमुख चेतमाया गुरुङले गरेकी थिइन् ।प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाण–पत्र विद्यालयले आफ्नो २६ औँ वार्षिक उत्सवका अवसरमा आज विविध साँस्कृतिक कार्यक्रमका साथ प्रदान गर्ने जानकारी विद्यालयका मिडिया संयोजक शिक्षक गोपाल खनालले दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.