www.tandavnews.com
Fact ~ In search of truth

शहर कुरुप बनाउने तार काट्दै पोखरा महानगर

पोखरा ।

पोखराको मुख्य बजार क्षेत्रमा बिजुलीको पोलमा रहेका अनावश्यक तारहरु हटाउने अभियानको सुरुआत गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी ।

महानगरपालिकाले ४० दिने अभियान बिहीबारबाट सुरु गरेको हो । पहिलो चरणमा सिद्धार्थचोकदेखि न्युरोडहुँदै सभागृहचोक, दोस्रो चरणमा पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, नयाँबजार पृथ्वीचोकहुँदै सभागृहचोक, तेस्रो चरणमा सभागृहचोकदेखि सिर्जनाचोक, जिरोकमीहुँदै लेकसाइडको हल्लनचोक र चौंथो चरणमा हल्लनचोकदेखि बाराहीचोक, गौरीघाट, सहिदचोकहुँदै मुस्ताङचोकसम्म अभियान सञ्चालन हुनेछ ।

Batas

पोलमा राखिएका अनावश्यक तारहरुकै करण सहर कुरुप हुनका साथै दुर्घटना समेत भएकाले महानगरले यो अभियान सुरु गरेको हो ।

शब्द/तस्विर : माधव बराल

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.