www.tandavnews.com
Fact ~ In search of truth

सुत्केरीलाई महानगरको तीन हजार भत्ता

नवलपरासी ।

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरी आमालाई लक्षित गरी ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम लागू गरेको छ । विपन्न समुदायलाई लक्षित गरी यो कार्यक्रम अघि बढाइएको हो ।गैँडाकोट नगर कार्यपालिकाले ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत सुत्केरी आमालाई तीन हजार दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले जानकारी दिए ।

नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र सत्केरी हुने आमालाई लक्षित गरी नीति तथा कार्यक्रममा लागू गरेको नगरपालिकाले जनाएको छ । यसका लागि सुत्केरी महिलाले पितौँजीघाट स्वास्थ्यचौकी र सहज सामुदायिक अस्पतालमा सुत्केरी गराएको हुनु पर्नेछ ।

गैँडाकोट नगरपालिकाभित्रका दुई स्वास्थ्य संस्थामा चार पटक गर्भ परीक्षण र सुत्केरी भइसकेपछि तीन पटक स्वास्थ्य परीक्षण गराएका सुत्केरी आमाले सो सेवा प्राप्त गर्ने उपप्रमुख कँडेलको भनाइ छ ।कँडेलका अनुसार यो सुविधाका लागि गैँडाकोट नगरभित्र बसोबास गरेका आमाले मात्र यो सुविधा प्राप्त गर्न सक्ने छन् । सो कार्यक्रम लागूपश्चात् गैडाकोट नगरपालिकाले महिलाको पोषण अवस्थाको सुधार आउने विश्वास लिएको छ ।

कार्यक्रमबाट विपन्न समुदायका आमा लाभान्वित हुने गैँडाकोट नगर स्वास्थ्य शाखा संयोजक इन्द्रकराज शर्माले बताए । शर्माका अनुसार यस कार्यक्रमले आमाको पोषिलो खाना उपलब्ध हुने जसका कारण बच्चाको पनि पोषणमा सहयोग पुग्ने बताए ।

यसका साथै गैँडाकोट नगरपालिकाले तोकेको दुई संस्थाले आवश्यक उपचारका लागि अन्य अस्पतालमा रिफर गरेका आमाले पनि यो सुविधा प्राप्त गर्न सक्ने उपप्रमुख कँडेलको भनाइ छ ।गैँडाकोट नगरपालिकाभित्र चालू आर्थिक वर्ष ०७५÷०७६ को कात्तिक मसान्तसम्म पितौजी घाट स्वास्थ्यचौकीमा ७० र सहज सामुदायिक अस्पतालमा तीन जना सुरक्षित सुत्केरी भएका छन् ।     रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop