www.tandavnews.com
Fact ~ In search of truth

२९ औँ प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सर्वसम्मत

पोखरा /ताण्डव न्यूज ।

प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणाको नाम सिफारिस भएको छ । संवैधानिक परिषद्को आज बिहान सिंहदरबारमा बसेको बैठकले राणाको नाम सिफारिस गरेको हो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागी राणासँगै दीपकराज जोशीको नाम पनि संवैधानिक परिषद्मा पठाएको थियो तर राणालाई परिषद्ले सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

आफ्नो जन्मदिनको दिन आजै राणाको नाम सर्वोच्च अदालतको २९ औँ प्रधानन्यायाधीशमा सिफारिस भएको हो । राणा सन् १९५७ डिसेम्बर १३ मा जन्मिएका हुन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले त्यस अगावै नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.