www.tandavnews.com
Fact ~ In search of truth

आफ्नै छोरीले नचिन्दा आमा नागरिकता बिहीन

संजय रेग्मी,

पर्वत ताण्डव न्यूज ।

आफैँले जन्म दिएकी छोरीले नै आमालाई चिन्दिन भनेपछि पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवाकी एक महिला नेपाली नागरिकताको प्रमाणपत्र बिहीन बनेकी छिन् ।

बोल्न नसक्ने अवस्था रहेकी ५६ बर्षिया नेत्रकुमारी कुँवरलाई उनकै छोरी सुस्मिताले आफुँले नचिनेको भनिदिएका कारण सनाखत बस्ने पारिवारिक सदस्यको अभावमा उनले नागरिकताको प्रमाणपत्र पाउन नसकेकी हुन् ।

नेत्रकुमारीले २०४६ सालमा मुडिकुवाकै छविलाल कुँवरसंग बिबाह गरेकी थिईन् । पहिलो श्रीमतीबाट सन्तान नजन्मेपछि छवीलालले दोश्रो श्रीमतीको रुपमा नेत्रकुमारीसंग बिबाह गरेका थिए । २०५६ सालमा नेत्रकुमारीले छोरी जन्माईन । छोरी सुस्मिताको को उमेर अहिले २२ बर्ष छ ।

नेत्रकुमारीले आँपूmलाई नागरिकताको प्रमाणपत्र चाहिने भन्दै जिल्ला प्रशासन कार्यालयमा पुग्दा सनाखतमा बस्ने पारिवारिक सदस्य आवश्यक प¥यो । उनले आप्mनो छोरी रहेको बताएपछि सुस्मितालाई प्रशासनमा बोलाएर सोधपुछ गर्ने क्रममा उनले नेत्रकुमारीलाई आँपूmले नचिनेको भन्दै जवाफ दिएकी छिन् ।

आमाले आफ्नै छोरी भएको भनेकै बेलामा छोरीले भने आमालाई नै चिन्दिन भनेपछि जिल्ला प्रशासन कार्यालय त अलमलमा छ नै नेत्रकुमारीले नागरिकताको प्रमाणपत्र पनि पाउन सकेकी छैनन् । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल भन्छन, ‘समाजले उसैले जन्माएकी छोरी हो भनेर चिन्छ, तर छोरीले चिन्दिन भन्नुहुन्छ, आफैंलाई जन्माएकी आमालाई चिन्दिन भन्दा अचम्म परिएको छ ।’

पीडित महिला नेत्रकुमारीका आफन्त नवराज भण्डारीले दिएको जानकारी अनुसार उनको घर परिवारले सुस्मिता जन्मिएको २० दिन नपुग्दै कुटपिट र गाली गलौज गरेर घर निकाला गरेका थिए । घर निकाला गरेपछि उनी माइतीघरमा बस्दै आएकी थिईन् ।

आँपैmले जन्म दिएकी छोरीलाई लिन जाँदा घरपरिवारले समेत बच्चालाई लुकाएर ल्याउन दिएनन् । सुस्मितालार्य आमाबाट खोसेपछि छविलालकी जेठी श्रीमतीले नै सुस्मिताको पालन पोषण गरिन् । छोरीसहित छविवालकी जेठी श्रीमती चन्द्रकलीले समेत नेत्रकुमारी र सुस्मिताको सम्बन्ध अस्वीकार गरेका कारण नेत्रकुमारीले नागरिकताको प्रमाणपत्र नपाएकी हुन् । प्रमाणपत्रको अभावमा पाउन उनी सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित भएकी छिन् ।

प्रमुख जिल्ला अधिकारी ढकालले भने पीडित नेत्रकुमारी कुँवरलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । सकेसम्म परिवारकै सदस्यबाट सनाखत गराउने र असम्भव भए सामाजिक रुपमा समेत प्रमाणित गराई नागरिकता दिलाउने उनको भनाई छ ।

जन्म दिएकी छोरीले नै आमालाई नचिन्ने दावी गरेपछि समस्या परेको बताउँदै प्रजिअ ढकालले जुनसुकै हालतमा नेत्रकुमारी कुँवरलाई नागरिकता दिलाउने बताए । जिल्ला अदालत, वडा कार्यालय लगायतका कागजातबाट पनि नेत्रकुमारी छविलाल कुँवरको श्रीमती भएको प्रमाण फेला परेकाले नेत्रकुमारीलाई नागरिकताको प्रमाणपत्र दिलाउन समस्या नहुने उनको भनाई छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.