www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीमगरको निधन !

 

 

ताण्डव न्यूज, पाेखरा ः

गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीमगरको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको छ।

Batas

सांसद घर्तीमगरलाई गएको मंगलबार उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना गरिएको थियो। एयर एम्बुलेन्सबाट अपोलो अस्पताल पुर्‍याएर सांसद घर्तीमगरलाई अस्पतालको लिभर आइसीयुमा भर्ना गरिएको थियो।

बुधबार राति करिव १ बजे अस्पतालका डाक्टरहरूले उनको मृत्यु भएको घोषणा गरेको घर्तीमगरकी श्रीमती सुनमाया घर्तीले जानकारी दिइन्। प्रदेश सांसद घर्तीमगरको १७ दिनसम्म काठमाडौंस्थित ग्राण्डी अस्पतालको आइसीयुमा उपचार भएको थियो।

त्यहाँ निको नभएपछि उनलाई थप उपचारको लागि नयाँ दिल्लीको अपोलो अस्पताल लगिएको थियो। बागलुङको ढोरपाटन नगरपालिका ५ अधिकारीचौर सइखोलाका सांसद घर्ती राष्ट्रिय जनमोर्चाका नेता थिए। उनी बागलुङ क्षेत्र २ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा बाम गठवन्धनबाट विजयी बनेका थिए। ४६ वर्षीय घर्ती केही दिनदेखि कलेजोसम्बन्धी रोगबाट पीडित रहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.