www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बजार अनुगमन, खुलेआम बिक्री हुन्छ म्याद गुज्रेका खाद्यवस्तु

 

पोखरा / ताण्डव न्यूज ।

पोखरा महानगरपालिकामा खुलेआम म्याद गुज्रेका खाद्यवस्तुको बिक्रि भएको पाइएको छ । पोखरा महानगरपालिका – २१ निर्मल पोखरीमा बजार अनुगमनको क्रममा म्याद कटेका खाद्यवस्तु तथा सरसामानहरु भेटिएको हो ।

अनुगमनको क्रममा हिजो बजार अनुगमन टोलीले निर्मलपोखरीका खुद्रा तथा किराना पसलबाट म्याद सकिएका सामानहरु भेटेको बताएको छ । उपभोक्ता हित संरक्षण मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाको नेतृत्वमा बजार अनुगमनमा पुगेको टोलीले म्याद गुज्रेको खाद्यवस्तु तथा जंगफुड बरामद गरेको छ ।

ओम नमकिन,आलुका चिप्सहरु, सुजि, दालमोद, ज्वनो, कोसेली तेल,भुटेको चिउरा, कोक, स्प्राइट , कुरकुरे, बदाम, फेसमा लगाउने क्रिम , फेसवास , पपाइया साबुनहरु म्याद सकिएको भेटिएको थियो ।

पसलेले पसलमा खाद्यन्न सामानहरु राख्न पुर्व म्याद गुज्रेको छ छैन जाँच गर्नु पर्ने र उपभोक्ताले पनि सामान किन्दा डेट एक्सपायर भएको छ छैन हेरेर किन्नुपर्ने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख अधिकारी अनिल कुमार शाहीले बताए ।

‘हरेक खाने कुरामा हामी सचेत रहनु पर्छ,’ उनले भने, ‘सामन किन्दा वा बिक्रि गर्दा सामानमा अनिवार्य मिति जाँच गर्नु पर्छ । ‘ खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोख्रेलले म्याद सकिएको र बिग्रेको खानेकुरा खादाँ क्यान्सर जस्ता विभिन्न रोग लाग्न सक्ने भन्दै सम्वेदनशील बन्न आग्रह गरे ।

प्राय खाद्यान्न पसलहरुमा कुखुराको दाना पनि सगैँ बिक्रि भइरहेको पाइएको भन्दै भेटनरी अस्पताल तथा पशु विकास केन्द्रका अधिकृत बिक्रम स्याङ्ताङले खाद्यान्न र दाना छुट्टाछुट्टै पसलबाट बिक्रि गर्नुपर्ने बताए । उनले भने ‘दानामा भएको केमिकलले खाद्यान्नमा असर पुग्छ यसले तपाई हाम्रो स्वास्थ्यमा पनि असर पुर्याइरहेको छ ।’

पसलेले बिक्रि गर्ने सरसामान ,खाद्यान्न व्यवस्थित तरिकाले राख्नुपर्ने भन्दै उपभोक्ता मन्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले सरसफाइमा ध्यान दिन सुझाव दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.