www.tandavnews.com
Fact ~ In search of truth

५० लाख लगानीमा सिदार्थचोकमा गोल्ड स्टारको सो रुम

पोखरा / ताण्डव न्यूज ।

पोखराको सिदार्थचोकमा ५० लाख रुपैयाँ बराबरको लगानीमा गोल्डस्टार जुत्ताको आधिकारीक सोरुम विस्तार हुने भएको छ । सोरुम आगामी पुष २ गते देखि औपचारीक रुपमा सञ्चालनमा आउने पत्रकार सम्मेलन मार्फत संचालक सुरज श्रेष्ठले जानकारी दिए ।

२ गते बिहान ११ बजे नायिका वर्षा राउत र नायक सलोन बस्नेतले संयुक्त रुपमा सोरुमको उद्घाटन गर्ने श्रेष्ठले बताए । दुवै कलाकारले गोल्डस्टारको ब्राण्ड मनपराउने भएकाले उद्घाटनका लागी वर्षा र सलोनलाई बोलाएको सञ्चालक श्रेष्ठले जनाए । उद्घाटनको अवसरमा तीन दिन सम्म जुत्ता खरिदमा १० प्रतिशत विषेश छुट हुने सञ्चालक टिमले बताएको छ ।

Batas

नेपालमै उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ताहरु सजिलै उपभोक्तालाई उपलब्ध गराउने उद्देश्य सहित गण्डकी प्रदेशकै पहिलो सोरुमको रुपमा सिदार्थचोकमा सोरुम सञ्चालन गर्न लागेको मार्केटिङ अफिसर रेशम भण्डारीले बताए ।

भण्डारीको अनुसार नेपालमा वार्षिक एक करोड ५० लाख थान गोल्ड स्टारका जुत्ता उत्पादन हुदै आइरहेको छ भने वार्षिक गोल्डस्टार ब्राण्डको जुत्ताको कारोवार झण्डै ५ अर्व बराबरको हुने गरेको छ ।
जुत्ता उत्पादनका लागी उद्योगमा ३ सय कर्मचारी रहेका छन भने ४ हजार श्रमिकले काम पाइरहेका छन् ।

पोखराको सोरुममा २ सय देखि २ हजार २ सय मुल्य पर्ने जुत्ता उपलब्ध हुनेछ । सोरुम स्वस्तिका केसी,राजन केसी र सुरज श्रेष्ठको संयुक्त लगानीमा सञ्चालनमा आउन लागेको हो । पोखरामा गोल्डस्टारको माग बढि भएकाले पोखरामा सोरुम सञ्चालन गर्ने निर्णय गरेको सञ्चालक ग्रुपले बतायो ।

पोखरा पश्चात नेपालका अन्य ठाउँमा पनि सोरुम विस्तार गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.