www.tandavnews.com
Fact ~ In search of truth

१३ वर्षिय सुत्केरी बालिकालाई १० हजार सहयोग

 

पोखरा ।

१३ वर्षको उमेरमै बच्चा जन्माएकी बालिकालाई पोखरा महानगरद्धारा संचालित कार्यक्रम उपप्रमुखसंग महिला कार्यक्रम मार्फत आर्थिक सहयोग प्रदान गरिएको छ ।

उपप्रमुखसंग महिला कार्यक्रम संचालक समितिका संयोजक एंव पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङ सहितको नौ सदस्यीय संचालक समितिका सदस्यहरुर्ले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर सुत्केरी १३ वर्षिय बालिकालाई भेटघाट गदै नगद दश हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । १३ वर्षिय बालिकाले सोमबार साँझ साँढे तिन किलो तौल भएको छोरा जन्माएकी थिइन् ।

रकम हस्तान्तरण गदै उपप्रमुख गुरुङले नहुन पर्ने कुरा भया, अव चिन्ता लिन नहुने र बच्चाको राम्रो ख्याल गर्नुपर्ने बताइन् । सानो र परिपक्व नहुदै बच्चा जन्माउदा आमा र बच्चाको स्वास्थ्यमा समस्या हुने बताउदै स्वास्थ्यमा ध्यानदिनुपर्नेमा जोड दिइन् । १३ वर्षिय बालिकाले फेसबुक मार्फत धरानका १९ वर्षिय युवासंग चिनजान भए र त्यसपछि भेटघाट हुदै गर्दा यौन सम्पर्क भएको पारिवारीक स्रोतले जनाएको छ । बालिका गर्भवती भएको करिव ६ महिनापछि मात्रै जानकारी भएको उनकी आमाले बताइन् ।

फेसबुककै चिनजान र भेटघाटका आधारमा माया प्रेमका कारण दुई जनावीच यौन सम्पर्क भएर गर्भ रहेको उनकी आमाले जानकारी दिइन् । बालिकालाई अस्पतालबाट डिस्चार्ज गरिएको भएपनि बच्चामा सामान्य जन्डिस देखिएका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनसियूमा राखिएको छ ।

बच्चामा ठूलो समस्या छैन, तर सामान्य जन्डिस देखिएका कारण अस्पताल राखिएको हो । पहिले चिकित्कहरुले अपरेशन गर्नुपर्ने पनि हुनसक्ने भनेका थिए तर उनले नर्मल डेलीभरीमै बच्चा जन्माएकी हुन् । आमा र बच्चा को अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

बालिका १२ वर्षकै उमेरमा एक १९ वर्षीय यूवकको प्रेममा थिईन् । प्रेममै रहेका बखत दुबैजनाबीच सहमतिमै यौन सम्पर्क भएको तर नेपालको कानूनअनुसार १८ वर्ष भन्दा कम उमेरका बालिकालाई सहमतिमै यौन सम्पर्क गरेपनि बलात्कार भएको ठहर्छ । ती बालिकालाई करणी गर्ने युवक भने अहिले स्याङ्जास्थित कारागारमा रहेका छन ।

१३ वर्षिय बालिका र बच्चालाई स्वीकार गर्न तयार रहेको केटा पक्षका आफन्तले बताएको बालिकाका परिवारले बताएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.