www.tandavnews.com
Fact ~ In search of truth

सात करोड लगानीमा ‘ नेचर रे रिभर भ्यू रिसोर्ट ’

परासी ।

पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ ।

सात करोड रुपैयाँको लगानीमा स्थानीय व्यवसायी कृष्ण नारायण श्रेष्ठले ‘नेचर रे रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याएका हुन् । जिल्लाकै सुविधा सम्पन्न मानिएको सो रिसोर्टमा एक हजार व्यक्ति अट्ने एसीसहितको सुविधायुक्त हल निर्माण गरिएको छ ।

Batas

यसैगरी एसी बैङ्क्वेट हल, सम्मलेन हलसहित रिभर साइट ओपेन रेष्टुरेण्ट, गार्डेन साइड ओपेन रेष्टुरेण्ट, हिल साइड रेष्टुरेण्ट, ११ वटा एसी डिलक्स कक्ष, सांस्कृतिक घरलगायतका सुविधा रहेको रिसोर्टका प्रबन्धक नवीन्द्र बस्यालले जानकारी दिए।

बाह्र कठ्ठा जग्गामा स्थापना गरिएको सो रिसोर्टमा स्विमिङपुल र चाइल्ड स्यालाडिङ पार्क केही दिनमै सञ्चालनमा आउने उनले बताए । रिसोर्टको विहीबार प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले संयुक्तरूपमा उद्घाटन गरेको हो ।

पछिल्लो समय भूमही क्षेत्रमा होटल तथा रेष्टुरेण्ट स्थापना हुने क्रम बढ्दो छ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.