www.tandavnews.com
Fact ~ In search of truth

भूकम्प पिडित दलित बस्तीमा आवास निर्माण शुरु

संजय रेग्मी
पर्वत ताण्डव न्यूज ।

विनासकारी भुकम्पका कारण जोखिममा परेको पर्वतको फलेवास नगरपालिका ८ ठानामौला अर्चलेमा रहेको दलित बस्तीका लागि एकीकृत बस्ती निर्माण गर्न लागिएको छ ।

भूकम्पका कारण भत्कीएका घरमा जीवन धान्न बाध्य भएका दलीत समुदायको लागि सोही वडाकै छतिवन टारीमा एकीकृत बस्ती निर्माण गर्न शुरु गरिएको हो । राष्ट्रिय पूननिर्माण प्राधिकरणको सहयोगमा २० घरलाई अहिले बसीरहेको स्थानको नजिकै बस्ती निर्माण गर्न लागिएको हो । भूकम्पका कारण चिरा चिरा परेका घरहरु पहिरोको समेत उच्च जोखिममा रहेका थिए ।

भूगर्भबिद्ले अर्चलेको उक्त दलित बस्ती उच्च जोखिमयुक्त भएकाले स्थानान्तरण गर्न सुझाब दिएका थिए । जोखिममा रहेका १२ घरलाई एकीकृत बस्तीमा र वाँकी ८ घरलाई साविक भँगरा गाविसको सिरुवारीमा जग्गा खरिद गरी नयाँ घर निर्माण गर्न थालिएको हो ।

एकिकृत आवास निर्माण गर्न झण्डै ३० रोपनी जमिन सामुहिक रुपमा खरिद गरिएको छ । प्रति घरपरिवार २ लाख रुपैयाको दरले घडेरी खरिद गरिएको छ भने प्रति घर निर्माण गर्नका लागि ३ लाख रुपैयाँ पिडित परिवारलाई प्राधिकरणले भुक्तानी गरेको छ ।

यस्तै, बस्तीमा आवश्यक पर्ने संरक्षण, सडक, विद्युत, सिंचाई, खानेपानी निर्माणका लागि थप ८० लाख रुपैंया पनि प्राधिकरणले सहयोग गरेको छ । सामुहिक जमिन खरिद गरेर एकिकृत आवास बनाउने प्रकृया शुरु भएपछि स्थानीयवासी हर्षित बनेका छन् ।

बस्ती निर्माणका लागि लाभग्राहिहरुकै सहभागितामा उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ता समितिले निर्माणको काम शुरु गरेको स्थानीय अगुवा डिलबहादुर वि.कले जानकारी दिए । उनका अनुसार दुई कोठे, एक तले पक्की भवन तयार हुने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.