www.tandavnews.com
Fact ~ In search of truth

बागलुङकी शिल्पा कार्की भईन दोस्रो मिस एण्ड मिसेस धौलागिरी

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

पर्वतको कुस्मामा आयोजित दोस्रो मिस एण्ड मिसेस धौलागिरीको उपाधी बागलुङकी शिल्पा कार्कीले जितेकी छन् । अभ्यास इभेन्ट्स् प्रा.लि ले आयोजना गरेको प्रतियोगितामा सहभागी ११ जना प्रतिष्पर्धीलाई पछि पार्दै कार्कीले दोस्रो मिस एण्ड मिसेस धौलागिरीको ताज जितेकी हुन् ।

कार्कीले उपाधीसंगै ५० हजार नगद पुरस्कार समेत जितेकी छन् । कक्षा १२ मा अध्ययनरत कार्कीले बेष्ट डान्सरको उपाधी पनि जितिन् । उनलाई प्रथम मिस धौलागिरी निरुता भण्डारीले ताज लगाइदिएकी थिइन भने जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल र प्रतियोगिताका निर्णायकहरुले पुरस्कार र ट्रर्फी प्रदान गरेका थिए ।

Batas

भविश्यमा नायिका बन्ने लक्ष्य राखेको र नायिका बनेरै बाबुआमाको मुहारमा खुसी ल्याउने कार्कीको लक्ष्य छ । उनले नायिका बन्ने बाटोमा मिस धौलागिरीको उपाधीले थप हौसला थपेको प्रतिकृया दिइन् ।

यसैगरी, प्रतियोगितामा पर्वतकी प्रकृति सुवेदी फस्ट रनअर अप भईन्। स्पष्ट बक्ता रहेकी सुवेदीले मोष्ट ट्यालेन्ट उपाधी पनि हात पारिन् । उनले ३० हजार नगद पनि जितेकी छन्। भविश्यमा कुशल सञ्चारकर्मी बन्ने लक्ष्य राखेको सुवेदीले बताइन् ।

यसैगरी सेकेण्ड रनअर अप बागलुङकी साक्षी श्रेष्ठ भइन् । उनले १५ हजार नगद पुरस्कार हात पारिन भने मोष्ट फोटोजेनिकको उपाधी पनि जितिन् । यसैगरी भिउवर च्वाईस र मस्ट स्माईलको उपाधी पर्वतकी अनुपा राईले जितिन्। उनले १० हजार नगद पुरस्कार पाउन सफल भइन ।

प्रतियोगितामा सहभागीहरु मध्ये रसबैभन्दा पाको उमेरकी सहभागी सरु भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरियो भने उनले गुड पर्सानलिटीको उपाधी पनि जितिन् । यसैगरी प्रतियोगितामा मनिषा पन्त मोष्ट एक्टीभ, बेष्ट क्याटवाक अस्मिता सुनार, बेष्ट फिगरमा सम्झना अर्याल, बेष्ट भ्वाईसमा सम्झना लामगादे र बेष्ट हेयर रत्नालक्ष्मी कर्माचार्य हुन सफल भइन् ।

प्रतियोगिताको ग्राण्ड फिनालेमा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले प्रतियोगिताले सहभागीहरुको ब्यक्तित्व र सुन्रता साथै अन्तरनिहीत प्रतिभा देखाउने अवसर सृजना गरेको बताउँदै सौन्दर्य प्रतियोगिता भन्ने बित्तिकै फरक दृष्टिकोणले हेर्ने परम्परा तोड्दै जान आवश्यक रहेको बताए ।

उनले प्रतियोगितामा नग्नता प्रर्दशन नभई आन्तरिक क्षमता देखाउने काम भएको बताए । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, प्रतियोगिताका निर्णायक तथा प्रेस चौतारी नेपालका पुर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, फेसन डिजाईनर तथा कार्यक्रम संयोजक पुजा सिलवाल घिमिरे, अभ्यास इभेन्टसकी प्रबन्ध निर्देशक इन्दु शर्मा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन हाँस्य कलाकार सन्दीप क्षेत्रीले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.