www.tandavnews.com
Fact ~ In search of truth

साहित्य महोत्सवमा मनिषा

पाेखरा,

पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजित आइएमई नेपाल साहित्य महोत्सवको सातौं संस्करणमा चर्चित अभिनेत्री मनिषा कोइरालाको विशेष उपस्थिती रहने निश्चित भएको छ । महोत्सवको पहिलो दिन (पुस ७ गते) मनिषाद्वारा लिखित पुस्तक हिल्डको लोकार्पण हुने छ ।

ओभरियन क्यान्सरसँगको संघर्षबाट पार पाएको आफ्नो जीवनकथा समेटिएको हिल्ड विमोचनपछि कोइरालाले अर्का चर्चित अभिनेता राजेश हमालसँग अन्र्तक्रिया गर्नेछिन् । पाठकमाझ पुस्तकमा हस्ताक्षर समेत गर्नेछिन् । महोत्सवको अन्तिम दिनको पहिलो सत्रमा मनिषाले महिलाको सुरक्षाको विषयमा आनी छोइङ डोल्मा, एसिड आक्रमणमा परेकी संगीता मगर र सीमा बस्नेतसँगको संयुक्त मञ्चबाट आफ्नो भनाइ राख्नेछिन् ।

Batas

“नेपाल लिटरेचर फेस्टिभलबारे मैले पहिलेदेखि नै राम्रा कुराहरु सुन्दै आएकी थिए । यसवर्ष म स्वयं फेस्टिभलमा सहभागी हुँदैछु । अझ फेस्टिभलमै मेरो पुस्तक हिल्ड लोकार्पण हुने कुराले त झनैं हौंस्सिएकी छु । आफ्नो पुस्तक आफ्नै देशबाट सबैभन्दा पहिले विमोचन गर्न पाउँदा मलाई गर्व महशुस भइरहेको छ”, मनिषाको भनाइ छ।

प्राकृतिक सौन्दर्य र पानी रङको राजधानी पोखरालाई शब्दको सहर बनाउने ध्येयका साथ पोखरामा तेस्रोपटक आयोजना हुन लागेको यो महोत्सवको उद्घाटन पोखराको गुरुहरुका गुरु शिक्षाविद् जोर्ज जोन र एलियामा जोनले गर्नेछन् भने विद्वत प्रवचन देशकै पहिलो महिला प्रधान न्यायाधिश सुशिला कार्कीले दिनेछिन् ।

देशविदेशका एक सय २० जनाभन्दा बढी साहित्यकार, लेखक, चिन्तक र गन्यमान्य व्यक्तित्वको सहभागिता हुने यो साहित्य कुम्भमा पाकिस्तानी लेखक मोहम्मद हनिफ, बेलायतकी निकोला स्ट्रिटन, प्रज्वल पराजुली, मञ्जुश्री थापा, एएस पनिरसेल्भन, हरिश नाम्बियर, सब्रिना टोप्पा विदेशी अतिथिका रुपमा रहनेछन् ।

देशका प्रतिष्ठित साहित्यकार, विद्धान प्रदिप गिरी, राजनीतिकर्मी गगन थापा, नारायणकाजी श्रेष्ठ, रबिन्द्र मिश्र, स्ट्याण्ड अप कमेडी, वरिष्ठ गायक दीप श्रेष्ठ, नवोदित प्रतिभा बर्तिका एम राईलगायतको उपस्थिती पनि तय भइरसकेको छ ।

गण्डकी प्रदेशको विकास सम्भावना, कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, लेखक बुद्धिसागरका साझा सपना, ३मिटु भिजिट नेपाल २०२० बारे पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायत अन्य विज्ञसँग अन्तरसंवाद, पागलबस्तीपछिको पोखरेली आख्यानमाथि परिचर्चा, सञ्चारकर्मी, लेखक विजयकुमार पाण्डे र रवि लामिछानेबिच टेलिभिजन कर्मबारेको संवादलगायत महोत्सवका हरेकजसो सत्र विशेष बनेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.