www.tandavnews.com
Fact ~ In search of truth

के भयो र तिमीलाई ?

 

 

पर्वत /ताण्डव न्यूज ।

कुनै कारण बिना नै तपाईँकी प्रेमिका रिसाउँदा र त्यो कारण पनि नबताउँदा कस्तो हुन्छ होला ? कोहीलाई नशामा डुब्न मन पर्ला, कसैलाई अब कसैलाई माया नै गर्दिन भन्ने लाग्ला त कसैलाई उसको अगाडि अर्की प्रमिका खडा गराईदिउँ जस्तो पनि होला ?

Batas

आफ्नी पे्रमिका रिसाएपछि सबैभन्दा पहिले किन रिसाएको भनी प्रश्न गर्न भने नर्बिसिनुहोला । नेपालको आधुनिक संगीतमा यही भावको नयाँ गीत सार्वजनिक भएको छ । डि प्रोडक्सनले तयार पारेको गीत र म्युजिक भिडियो पूर्व संचारकर्मी देवेन्द्र क्षेत्रीले ‘के भयो र ?’ नामक गीत बजारमा ल्याएका हुन् ।

गीतमा स्वर राज सिग्देलले भरेका छन भने संगीत अर्जुन पोखरेलको रहेको छ । देवेन्द्र क्षेत्रीकै शब्द रचना रहेको गीतको म्यूजिक भिडियोमा मेलिसा खतिवडा, पुरुषोत्तम भट्टराई, सुदीप पौडेल र रुबीना तामाङको अभिनय रहेको छ ।

म्यूजिक भिडियोका छायाँकनको लागि दर्शन रानाभाटले ड्रोन क्यमेराको प्रयोग गरेका थिए । शरोज अधिकारीको छायांकन र निर्देशन रहेको म्यूजिक भिडियोको सम्पादन भिम विश्वकर्माले गरेका छन् भने रंग समायोजन संजिवरत्न शाक्यले गरेका छन् ।

नेपालको संगीत क्षेत्रमा लामो समय काम गरेपछि अहिले अमेरिकामा रहेका क्षेत्रीको यो दोश्रो गीत हो । यसभन्दा अगाडि उनले प्रमोद खरेलको आवाजमा गल्ती भो नामक गीत बजारमा ल्याएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.